Facebook Twitter Google+ Google+
DHO

स्वास्थ्य बिमाबारे ग्रामिण क्षेत्रका नागरिक अनविज्ञ

Advertise Here

विनोद सिंह विष्ट,
बैतडी, १२ चैत ।

सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भएपनि बैतडीका ग्रामिण क्षेत्रका नागारिक स्वास्थ्य बिमाबारे अनविज्ञ रहेका छन ।

स्वास्थ्य बिमाबारे आफुलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका १ की रमिता साउदले बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य बिमा भनेको के होे ?”

शिवनाथ गाउँपालिका १ कै पदम सिंह चांडले पनि स्वास्थ्य बिमाबारे आफु अनविज्ञ रहेको बताउनुभयो । “स्वास्थ्य बिमा, स्वास्थ्य बिमा भनेर भन्छन के हो भनेर बुझ्न सकेको छैन” ।

गरिब नागरिकका लागी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन यसको बारेमा प्रचार प्रसार गर्नुपर्ने भएपनि प्रचारप्रसार पनि नभएको पाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य बिमा कार्यकर्ता गाउँ गाउँमा पठाएको भएपनि आफुकहा कोही पनि नआएको शिवनाथका स्थानीय रुप सिंह साउदको भनाई रहेको छ । सबैभन्दा पहिला त स्वास्थ्य बिमा गर्न के गर्नुपर्छ उहाँले भन्नुभयो “हाम्रो यहाँ कोही पनि स्वास्थ्य बिमा गर्ने मान्छे आएको छैन” ।

सरकारले गत बर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको भएपनि बैतडीमा भने यो बर्ष मात्रै सञ्चालनमा आएको हो ।
गरिबका लागी उपचार गर्न समस्या नहोस भनेर ल्याईएको स्वास्थ्य बिमा कार्यक्रम ग्रामिण क्षेत्रका नागरिक सम्म पुग्न नसकेको हो ।

स्वास्थ्य बिमा गर्यो भने के हुन्छ बैतडीका स्थानीय कलविर सार्कीले भन्नुभयो “गरिबका लागी ल्याईएको भए हामी पनि गर्थ्यौ” ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले स्वास्थ्य दर्ता सहायकहरु जिल्लाभरी नै खटाएको बताउनुभयो । ग्रामिण क्षेत्रका नागरिकसम्म पुग्न नसककेको र यसका लागी पहल गरिरेहेका छौ उहाले भन्नुभयो “ग्रामिण क्षेत्रमा पनि स्वास्थ्य बिमाको बारेमा ज्ञान दिइन लागिएको छ” ।

साविकका प्रत्येक गाविस र नगरपालिकाका वडामा आवश्यक पर्ने सम्पुर्ण सामग्री सहित दुई जनासम्म बिमा दर्ता सहायक खटाई काम भईरहेको बताईएको छ ।

प्रत्येक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका र अन्य सरोकारवालाहरुलाई जानकारी गराइ गरिब नागरिकका लागी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन प्रचार प्रसार भईरहेको समेत डा. अवस्थीले बताउनुभयो ।

सरकारले सुदूरपश्चिमका बैतडी र अछाम सहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली, बाग्लुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रम ५ जनाको परिवारले दुई हजार पाँच सय तिरेमा ५० हजार बराबरको उपचार निशुल्क रुपमा गर्न पाउन प्रावधान रही आएको छ । ५ जना भन्दा बढी संख्या भएका परिवारले प्रति सदस्य ४२५ का दरले थप शुल्क तिरेर स्वास्थ्य बीमा गर्न सक्ने बताइएको छ ।

बैतडीको हकमा स्वास्थ्य बीमा गरेवाफत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीवाट स्वास्थ्य सेवा लिन सकिने बताईएको छ ।

बैतडीमा हालसम्म ७३१ महिला र ७२४ महिला गरी १४५५ जनाले स्वास्थ्य बिमा गरेका छन भने ३२ जनाले बिमापछी सेवा लिएका छन ।
यो बर्ष स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले २ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सिमासम्म निःशुल्क उपचार हुनुका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्वस्थ रहन खप्तड बाबाका ५ सुझाव
  • रक्तचाप कम हुँदा अपनाउनुपर्ने घरेलु उपाय
  • जाडो मौसममा बिरामीले ख्याल गर्नुपर्ने मुख्य ६ कुरा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • स्वास्थ्य संस्थामै पाइन्न आइरन चक्‍की : रित्तो हात फर्किन्छन् गर्भवती
  • एड्स दिवसमा मिस कण्डम प्रतियोगिता
  • राष्ट्रपतिबाट ​चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण
  • प्रदेश ७ मा कहाँकहाँ बनाउँदैछ सरकारले नयाँ ३१ भवन?