Facebook Twitter Google+ Google+
Dipawali
DHO

विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताको परिचयात्मक कार्यक्रम सम्पन्न

Photo 13Advertise Here

नारायण राम सार्की,
बैतडी १४ चैत्र ।

विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमको एक दिने पचियात्मक कार्यक्रम बैतडीमा आईतबार सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल प्रमुख अतिथि रहनु भएको थियो, भने सभाध्यक्ष जिल्ला शिक्षा अधिकारी लाल सिंह टेर रहनु भएका थियो ।

कार्यक्रममा शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ कार्यालय पाटनका प्रमुख ऋषिराम विमली, दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालयका डा.प्रनाम जयरु, खानेपानी सरसफाइ तथा डिभिजन कार्यालय बैतडीका दीपक के.सी., गैसस महासंघ बैतडीका अध्यक्ष बासुदेव भट्ट, पत्रकार महासंघका अध्यक्ष प्रेम भाट लगाएत जिल्ला स्थित रहेका सरोकारवाला निकाय, विभिन्न राजनैतिक दलको सहभागीता रहेको थियो ।

अतिथिलाई स्वागत गर्दै संस्थाको परिचय सहित कार्यक्रमको बारेमा जानकारी, कार्यक्रमको लक्ष्य, उद्देश्य र संस्थाले गर्न चाहेको काम, लक्षित बर्गको बारेमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालका उपक्षेत्रीय संयोजक गणेश बहादुर मगरले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा साविकका ३६ गाविसका १ सय ९८ प्राथामिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बोल्दै कार्यक्रमको शुरुवातमा कार्यक्रमको बारेमा जानकारी, संस्थाले गर्न चाहेको काम बारेमा सबैलाई जानकारी गराउनु राम्रो हो, आफनो कामको पारदर्शिता हुनु पर्ने कुरा राखेका थिए ।

त्यसैगरी जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरले शिक्षालाई सहयोग पुग्ने खालको कार्यक्रम भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने र आफुले पनि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

अनुगमनको पाटोलाई ध्यान दिनुपर्ने, कार्यक्रमलाई सहयोग गर्ने कुरालाई बोल्ने बक्ताले जोड दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला वास अफिसर सुरेन्द्र जैरुले गरेका थिए । कार्यक्रम विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै
  • बिद्यालय भवन निर्माणमा अनियमितता भएको खुलासा
  • धनगढीमा शैक्षिक मेलाको तयारी पुरा