Facebook Twitter Google+ Google+
DHO

युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)

Advertise Here

पछील्लो समय खाडी मुलुककतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएर हजारौलाई मोहित बनाईसकेका छन । यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । “युसुफ” नामक एल्बममा समेटिएको “तिम्रो नयन” बोलको भिडियोलाई ‘आर्टिस्ट नेपाल’ ले सार्वजनिक गरेको छ ।

यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन । भने त्यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा आफ्नो पहिचान बनाईसकेका निर्देशक नव ढुंगेलले निर्देशन गरेका हुन । ढुंगेल “आर्टिस्ट“ म्यागजिक तथा आर्टिस्ट नेपाल डटकमका प्रधान सम्पादक हुन ।

यसै म्युजिक भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकि छिन् । जे एस कृयसन हाउसको ब्युटिफुल वार्डड्रबमा तथा नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहने गायकले आफु जता भएपनी अब निरन्तर संगीतमा रमाउने उनी आफैले थुप्रै गीत लेखीसकेको र अरु गीत पनि चाडै नै बजारमा आउने खानले जानकारी दिए ।

भिडियो यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)
  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्