DHO

बैतडीमा १५५ जना क्षयरोगी भेट्टिए

thumb

विनोद सिंह विष्ट,
बैतडी, १८ चैत ।

चालु आर्थिक बर्षको साउनदेखि हालसम्म बैतडीमा १५५ जना क्षयरोगीका बिरामी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजर देब जोशीका अनुसार ११४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् ।

जसमा १०९ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी )रहेका छन् । गत बर्ष बैतडीमा २ सय ७ जना क्षयरोगीहरु फेला परेका थिए । जसमध्ये महिला ५५ र पुरुष १५२ रहेका थिए ।

जसमा ६० प्रतिशत फोक्सोको सर्नेखालका बिरामीहरु रहेको क्षयकुष्ठ सुपरभाईजर जोशीले बताउनुभयो “गत बर्ष फेला परेका क्षयरोगी बिरामीमध्ये ८९ प्रतिशतलाई निको भईसकेको छ”

१५ बर्षदेखि ३४ उमेर सम्मको व्यक्ती क्षयरोगी बढी भेट्टिएको उहाँले बताउनुभयो । बैतडीका ६८ ठाउँमा क्षयरोगीका उपचारका लागी डट्सकेन्द्र र ८ ओटा ठाउँमा क्षयरोग निदानका लागी प्रयोगशाला सञ्चालनमा रहेका छन् । यसका साथै समुदायमा लुकेर रहेका क्षयरोगी पत्ता लगाउन बैतडीका ६८ वटै डट्स केन्द्रवाट खकार जाँचका लागी कुरियर सेवा पनि सुरु भएको छ ।

नेपाल सरकारले क्षयरोग लागेका बिरामीहरुको प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क उपचारको व्यवस्था मिलाएको हो । तर सबै क्षयरोगीहरु अझै बाहिर खुलेर आउन नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

बैतडीको हकमा धेरै जसोले सीमावर्ती भारतको पिथौरागढमा गएर औषधि गर्ने तर औषधिको पूरा मात्रा नखाने हुनाले जीर्ण क्षयरोगको समस्या बल्झिदै गएको छ । लगातार दुई हप्ता सम्म खोकी लागि रहनु, साँझ पख हल्का ज्वरो आउनु, तौल घट्दै जानु खान मन नलाग्नु जस्ता लक्षण देखा परेमा क्षयरोग हुन सक्ने भएकाले स्वास्थ्यसस्थामा चेकजाँच गराउन पनि जोशीले आग्रह गर्नुभएको छ ।

क्षयरोग सामान्य रोग भएपनि यसको उपचारमा ढिलाई ग¥यो भने यसले मानिसको ज्यान समेत जाने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा १५५ जना क्षयरोगी भेट्टिए
  • स्वास्थ्य बिमाबारे ग्रामिण क्षेत्रका नागरिक अनविज्ञ
  • श्वासबाट लसुनको वास्ना यसरी हटाउन सकिन्छ
  • स्वास्थ्य चौकीलाई जमीनदान
  • श्रीमतीको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान
  • बैतडीमा ४ जनाले स्वास्थ्यबीमाको सेवा लिए
  • विशालपुर पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा
  • पाटनका दुई वडा घरमा हुने सुत्केरी शुन्य घोषणा