Facebook Twitter Google+ Google+
DHO

नेपाली लघुकथामा प्रथम विद्यावारिधि

pushkarAdvertise Here

काठमाडौँ, २९ फागुन । साहित्यकार तथा समालोचक पुष्करराज भट्टले नेपाली लघुकथा विधामा पहिलोपटक विद्यावारिधि सम्पन्न गरेका छन्। उनले ‘नेपाली लघुकथामा युगचेतना’ शीर्षकमा २०७० माघमा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि दर्ता गरी यही २०७३ फागुन १९ गतेका दिन मौखिक अन्तर्वार्ता दिएर अनुसन्धान कार्य सम्पन्न गरेका छन्।

नेपाली साहित्यमा यसभन्दा पहिले दशर्नाचार्य एमफिल तहमासमेत उनले नेपाली लघुकथा विषयमा नै अनुसन्धान पुरा गरेका थिए।

भट्ट सुदूर पश्चिमान्चल क्षेत्रअन्तर्गत महाकाली अन्चलको बैतडी जिल्लामा २०३२ सालमा जन्मेर सेती अन्चलको धनगढीमा बसोबास गर्दै आएका छन्।

उनका हालसम्म एक दर्जन जति साहित्य एवं अनुसन्धानमूलक कृतिहरु प्रकाशित छन्। नेपाली लघुकथाको विकासका निमित्त उनी लघुकथा समाज नामक संस्थामा आबद्ध रहेका छन्। साथै उनी गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठअन्तर्गत डोटेली भाषाको पृष्ठ संयोजकको रुपमा कार्यरत छन्। उनले नेपाली लघुकथासम्बन्धी पद्मा-रामचन्द्र लघुकथा सम्मानको समेत स्थापना गरेका छन्। यो सम्मान नेपाली लघुकथाका क्षेत्रमा एक लाखको अक्षयकोश राखेर संचालन गरिएको हो र यो नेपाली लघुकथासम्बन्धी पहिलो पुरस्कार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी
  • कला संस्कृतिको विचमा रावलको देउडा धमाका
  • उल्झनबाट अाख्यान क्षेत्रमा झुल्किए हेमप्रभास
  • दिवस, चटौत र चन्द बने ‘त्रिमूर्ति’ विजेता
  • प्रकृतिकाे काखमा रंग र कुची खेलाउँदै दक्षिण एशियाका कलाकार
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • साधना, चिन्तन र अनुशासनका त्रिवेणी : सङ्गीतकार तिलक पेला