Facebook Twitter Google+ Google+
DHO

नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान

Advertise Here

हस्पिटालिटी फाउन्डेशन अफ नेपालले सातवटा विधामा एवार्ड प्रदान गरेको छ । सोमबार राजधानीको नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजना गरेको नेपाल हस्पिटालिटी एवार्डमा २०७३ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नको लागि गृह कार्य गरि रहेको बताउनु भएको छ ।

यसैगरी मन्त्री तामाङ्गले पर्यटन क्षेत्रलाई सुधार गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख, पर्यटन उद्यमीसंग सरसल्लाह गरेर अघि बढने बताउनु भयो ।

कार्यक्रममा मन्त्री तामाङ्गले सातवटा विधामा एवार्ड प्रदान गर्नु भएको थियो । इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी, गेस्टोनमि एवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा ब्ुाटिक होटल ठमेलका रमेश नापित, वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी एवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा एवार्ड वितरण गरिएको थियो । नेपालको इतिहासमा पहिलो पटक यस खालको एवार्ड प्रदान गरिएको हो ।

कार्यक्रम माथि प्रकाश पार्दै हस्पिटालिटी फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशराज ढकालले नेपालमै यस खालको एवार्ड आफुहरुले व्यक्तिगत प्रयासमा गरेको बताउँदै भविस्यमा यस खालको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकार वालाहरुले पनि सहयोग गर्ने अपेक्षा राख्नु भयो ।

पर्यटन प्रवद्र्धनमा युवाको भूमिका विषयक अन्तक्रिया तथा हस्पिटालिटी अवार्ड २०७३ कार्यक्रम मार्फत नेपालको पर्यटन क्षेत्र राष्ट्रिय मेरुदण्डको रुपमा रहेका युवावर्गलाई अघि सार्दै सानो लगानीबाट ठुलो रुपमायुवालाई परिचितगर्दै ठुलो प्रतिफल, पर्यटन, सभ्यता, संस्कृतीको समस्या र युवा स्वरोजगारलाई कसरी अगाडि बढाउने भन्ने बारे आजको कार्यक्रममा एवार्ड विजेता सुरेश चन्द्र बस्नेतले यस्तो सह्रानीय कार्यको प्रशंसा गर्दै यो एवार्डले आफुलाई पर्यटन क्षेत्रमा अझ केही गर्ने हौसला मिलेको बताउनु भयो ।

यसैगरी टानका अध्यक्ष चन्द्र रिजालले आँउदो समयमा पर्यटन क्षेत्रमा आएको आम्दानी सही ठाउँमा सदुपयोग भए नेपाल पर्यटन क्षेत्र अझै युवामयी हुने बताउनु भयो ।

यसैगरी पर्यटन बोर्डका सदस्य राजेन्द सापकोटा नेपालको अन्तराष्ट्रिय विमानस्थलका सुधार तथा व्यवस्थित गर्न आग्रह गदै नेपाल नेपाल वायु सेवा निगमले ल्याउन लागेको विमानवाट लण्डनको हिथ्रो विमानस्थल, जर्मनीको फ्रान्कफोर्ट र जापानको टोकियोलाई नयाँ गन्तव्य गर्नको लागि पर्यटन मन्त्रालयले प्रयास गर्नु पर्ने बताउनु भयो ।

यसैगरी आजको कार्यक्रममा बिजय कुमार ढकाल, लोक कृष्ण भट्टराई, निलकणठ तिवारी, शिव अधिकारी बेखारतन शाक्य, निटका अध्यक्ष दीपक महतले युवावर्गलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा
  • कैलालीको मोहनी : निर्मोही व्यासको नियात्रा
  • नियात्रा : टीकाजस्तै टीकापुर
  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान
  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव