Facebook Twitter Google+ Google+
Dipawali
DHO

दुई सय उन्चालिस विद्यार्थी परीक्षा दिनबाट वञ्चित

thumbAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, ४ चैत ।

बिहीवारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) बैतडीमा यसपटक दुई सय ३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकर दत्त जोशीले जानकारी दिनुभयो ।

यो बर्ष बैतडीमा नियमित, आंशिक र एक्जामटेड गरी ६ हजार ६६६ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमित तर्फ २ हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी ५ हजार ४३६ परीक्षार्थी सहभागी हुनेछन भने एक्जामटेड तर्फ ८७ छात्र र ९६ छात्रा गरी १८३ परीक्षार्थी सहभागी हुने विद्यालय निरीक्षक जोशीले जानकारी दिनुभयो ।

यस्तै आंशिक तर्फ ३५९ छात्र र ६८८ छात्रा गरी १ हजार ४७ परीक्षार्थी सहभागी हुनेछन् । बैतडीमा २५ ओटा केन्द्रवाट परीक्षा सञ्चालन गरिएको छ ।

यसैबीच बिहीवार पहिलो दिन अंग्रेजी विषयमा बैतडीमा नियमिततर्फ ५६ र एक्जाम्टेडतर्फ २६ गरी ८२ परिक्षार्थी अनुपस्थित भएका थिए ।
कुल ६ हजार ६ सय ६६ परिक्षार्थीमध्ये ५ हजार ३८० नियमित र १५७ ईक्जाम्टेडतर्फका परिक्षार्थी परिक्षामा सहभागी भएका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

यस्तै आशिंकतर्फका कुल १ हजार ४७ जनामध्ये ८१६ विद्यार्थीले अंग्रेजी विषयको परिक्षामा सहभागी भएका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै
  • बिद्यालय भवन निर्माणमा अनियमितता भएको खुलासा
  • धनगढीमा शैक्षिक मेलाको तयारी पुरा