Facebook Twitter Google+ Google+
DHO

ओझेलमा स्वराडको पर्यटन

sworad-paryatam-m-mandirAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, १३ चैत ।

जिल्लाको तल्लोस्वराडमा रहेका थुप्रै धार्मिक तथा ऐतिहासिक स्थल प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन् ।

सुदूर पश्चिम त्यसमा पनी पहाडी जिल्ला बैतडी र बैतडी को तल्लो स्वराड जुन राज्य बाट अपहेलित क्षेत्र हो । राज्य ले यस क्षेत्रलाई जति अपहेलना गरे तापनी प्रकृति को भने बरदान को रुप चिनिने यो क्षेत्रमा देवी देवता को बास भएको र यो क्षेत्र देव भुमी रहेको बुढापाखाहरुको भनाई रहेको छ ।

यहाँ थुप्रै यस्ता धार्मिक एवम् पर्यटकीय स्थलहरु रहेका छन जुन धार्मिक एवम् पर्यटकीय स्थलह यो क्षेत्र को पहिचान बन्न सक्ने स्थानीय शिवनाथ गाउँपालिका उदयदेवका स्थानीय बासिन्दा नरेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो “सडक बिस्तारसंगै स्वराडको पर्यटनको पनि प्रचार प्रसार गर्न जरुरी छ”

शिवनाथ मा अवस्थित शिव मन्दिर, मेलौली स्थित माता भगवती मन्दिर, आमचौरा सैलोडा स्थित कैलपाल मन्दिर जुन ऐतिहासिक धार्मिक स्थलहरु हुन र यहाँ वर्ष मा एक चोटी मेला पनि लाग्ने गर्दछ । यस्तै उदयदेव मन्दिर, देहिगाडा भगवती मन्दिर, खोलाकेदार मन्दिर लगायत रहेका छन् ।

यी ऐतिहासिक धार्मिक स्थलहरु मा लाग्ने मेला हेर्न, व्यापार गर्न एवम् भगवान को दर्शन गर्न छिमेकी जिल्ला डडेलधुरा, महेन्द्रनगर एवम् छिमेकी देश भारत को कुमाउ गढवाल बाट मानिस आउने गर्दछन । त्यस्तै गिरेगढा मा गणमेश्वर, तोली त्रिशुल लगायत का उच्च पर्यटकीय सम्भावना बोकेका धार्मिक स्थलहरु रहेका छन् ।

महाकाली नदीमा पुल नहुदा डुङ्गाको जोखिमपुर्ण यात्रा गरेर पनि दर्शनका लागी भारतवाट समेत भक्तजन आउने गरेका छन् ।

यि ऐतिहासिक धार्मिक स्थलहरुमा शुद्घ मनले भगवान को दर्शन गरे मनोकामना पुर्ण हुने जनविश्वास रहिआएको छ ।

यो क्षेत्रमा धार्मिक मात्र नभई थुप्रै उच्च पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थलहरु पनि रहेका छन । जिल्ला सदरमुकाम बैतडी बाट झन्डै पचास कोस को दुरी मा रहेको शर्माली गढी (अमरगढी किल्ला), ग्वाल्लेक, ओल्या, पञ्चेश्वर वन लगायत आदी पर्यटकीय स्थलहरु रहेका छन् । जहाँ थुप्रै किसिमका जडिबुटीहरु मिल्न सक्ने जानकारहरु बताउछन् ।

शर्माली स्थित अमरगढी किल्ला एक ऐतिहासिक पर्यटकीय स्थल हो जहां नेपाल अङग्रेज लडाई को समयमा अमर सिह थापा ले किल्ला बनाई बसेका थिए भन्ने कुरा जानकारहरु बताउछन् र अहिले यो किल्ला निकै नै हेर्न लायक बनाइएको छ ।

यस्तै यहाँ का विभिन्न वन जङगलहरु मा धेरै किसिम का जडीबुटीहरु पनी पाईन्छन् । साथ साथै यहाँ यि बाहेक अन्य धेरै मनोरम दृश्यहरु रहेका छन जसले पर्यटकहरु लाई लोभ्याउने स्थानीय बासिन्दा अर्जुन कुँवरको ठम्याई रहेको छ ।

धार्मीक स्थलको रुपमा सुदूर पश्चिमका प्रमुख शक्तिपिठमध्ये मेलौली पनि एक हो । संचारका माध्यमहरुबाट जसको बढी प्रसार प्रसार नहुदा तथा यातायात सुबिधाले पनि त्यसलाई सहजता नहुदा ओझेलमा परेका हुन् ।

यी विभिन्न धार्मिक एवम पर्यटकीय स्थलहरु संरक्षण संबर्धन र प्रचाप्रसार को अभावमा अहिले ओझेल मा परेका छन् । यदि पञ्चेश्वर परियोजना बनि यो क्षेत्रमा यातायात को सहज सुविधा पुग्ने हो भने यो क्षेत्रले धेरै पर्यटकहरु भित्याई पर्यटन केन्द्रका रुपमा चिनिने जानकारहरुको भनाई रहेको छ ।

तल्लोस्वराडमा बासिन्दा खाद्यान्नका लागी सधै भारतको भर पर्नुपर्ने भएपनि हाल आएर पाटन पञ्चेश्वर सडक निर्माण कार्यलाई तिब्रता दिएसंगै सहजता भएको स्थानीय बिरेन्द्र महताले जानकारी दिनुभयो । उहाले भन्नुभयो “सडक बिस्तारले भारतको निर्भरता हट्दै गएको छ”

तल्लोस्वराड क्षेत्रमा सडक बिस्तारका साथै नेपाल टेलिकमले पनि आफ्नो सेवा दिनुपर्ने देखिएको छ । स्वराडमा सञ्चारको सुविधा भएपनि नेटवर्कले खासै काम नगर्ने गरेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।

बैतडीमा पर्यटनका लागी भनेर सम्वन्धित निकायले कुनै पनि कार्य गरेको देखिदैन । यसमा सम्वन्धित निकायको समयमै ध्यान नगए धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना रहेको बैतडी ओझेलमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान
  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव
  • ऐतिहासिक स्थल धौलकाँडाकोट
  • अपिनाम्पा संरक्षण क्षेत्र : पर्यटकको एक गन्तव्य
  • पातालभूमेश्वर : एक रहस्यमय सत्यता