Facebook Twitter Google+ Google+
DHO

आजदेखि देशभर एसइई परीक्षा सुरु

Advertise Here

काठमाडौं, ३ चैत्र । यो वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ। शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि एसएलसी परीक्षाको रुपमा माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो।

पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ।

परीक्षामा पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने केन्द्रले जनाएको छ। दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुईलाख ७८ हजार चार सय ५० छात्रा परीक्षामा सहभागी हुँदैछन्। परीक्षाका लागि एक हजार नौसय २३ परीक्षा केन्द्र तोकिएको छ।

आजदेखि सुरु हुने परीक्षा चैत १४ गतेसम्म चल्नेछ। चैत ३ गते अनिवार्य अंग्रेजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुने परीक्षा तालिकामा उल्लेख छ। परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?