Facebook Twitter Google+ Google+
DHO

स्वास्थ्य चौकीलाई जमीनदान

Advertise Here

भगीरथ अवस्थी,
बैतडी, १७ फाल्गुन ।

बैतडीको डिलाशैनी गाविस वडा नं ६ का बीरसिंह धामीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गादान गरेका छन् ।

डिलाशैनी स्वास्थ्य चौकीको भवन निर्माणका लागि २ रोपनी ४ आना एक पटक र २ रोपनी ४ आना दोश्रोपटक गरी करीब ५ रोपनी जग्गादान गरेको डिलाशैनी स्वास्थ्य चौकीका इन्चार्ज रामसिंह खत्रीले बताए । उनले भने ‘स्वास्थ्यसंस्थाको भवन निर्माणका लागि जमीन थिएन, धामीले जग्गादान गरेपछि भवन निर्माणका लागि सजिलो भएको छ ।’

स्वास्थ्य सेवा मानवको जीवनसंग जोडिएकाले आफूले जग्गादान गरेको बीरसिंह धामीले बताए । उनले भने ‘पहिला हाम्रा गाउँमा स्वास्थ्यसंस्था नहुँदा धेरै समस्या थियो । अहिले स्वास्थ्य सेवा प्रदान गर्न भवनको अभाव छ । त्यसैले जमीनदान गरेको हुँ ।’

स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा प्राप्त भएपछि आगामी आर्थिक बर्षमा भवन निर्माण गरिने इन्चार्ज खत्रीले बताए । स्वास्थ्यचौकी परिवारका तर्फबाट धामी परिवारलाई धन्यवाद ज्ञापन समेत गरिएको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • वाम गठबन्धनले सरकारलाई भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर
  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन