Facebook Twitter Google+
DHO

सिटिइभिटी र प्रअको लापरवाही, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीको भविस्यमाथि खेलवाड

skhss-student-andolan

लोकेश साउद,
बैतडी, ३ फाल्गुन ।

सिद्धपुर–७, की कल्पना कुँवरको गाउँमा कम्प्युटर पढेको कोही छैन । कक्षा ९ र १० मा ऐच्छिक बिषय गणित पढेर स्थानीय कालिका माबिबाट उनले जिपिए २.५० अंक ल्याएर बि ग्रेडमा एसएलसी उत्तिर्ण गरिन् । गाउँ नजिकैको कृष्ण उच्च माबिमा तीन बर्षे डिप्लोमा इन कम्प्युटर इञ्जीनीयरीङ्गको पढाई सुरु भएपछि गत साउन १२ गते प्रवेश परीक्षा उत्तिर्ण गरि उनले भर्ना लिइन् । निकै मिहेनतका साथ कम्प्युटर पढ्न थालेको करीब छ महिना पछि माघ २४ गतेबाट जब पहिलो सेमेष्टरको परीक्षाको मिति तय भयो, उनको कम्प्युटर इन्जिनियर बन्ने सपनामाथि तुसारापात भयो ।

छ महिनादेखि कम्प्युटर पढ्दै आएकी कुँवरले परीक्षा दिने समयमा सिटिइभिटीबाट रजिष्टे«सन नम्बर नआएपछि परीक्षा दिन नपाउने कुराले उनको कम्प्युटर पढ्ने सपना चकनाचुर भएको हो । उनले बि ग्रेडमा एसएलसी उत्तिर्ण गरेपनि गणितमा भने ‘डि प्लस’ ग्रेड आएको थियो । विद्यालयले परीक्षा मिति घोषणा भएपछि मात्रै ‘सि’ ग्रेडसम्मले मात्र डिप्लोमा इन कम्प्युटर इञ्जीनीयरीङ्ग पढ्न पाउने बताएपछि कुवँरजस्तै ११ जना विद्यार्थीको भविस्य अन्यौलमा परेको छ । जबकी कृष्ण उच्च माबिले गत बर्ष ‘इ’ ग्रेड सरहको अंक ल्याएर उत्तिर्ण भएका विद्यार्थीलाई समेत कम्प्युटर पढाइरहेको छ । उनिहरु अहिले तेस्रो सेमेष्टरमा अध्ययनरत छन् ।

सिटिइभिटी र कृष्ण उच्च माबिका कारण अलपत्र परेका विद्यार्थीहरुमा छ जना छात्रा र पाँच जना छात्र रहेका छन् । उनिहरु एकातिर कम्प्युटर शिक्षा पढ्न नपाउँने खबरले दुःखीत बनेका छन भने अर्कातिर बीचमै पढाई छोडेर कुन मुखले घर फर्किने भन्ने कुराले पीडा दिइरहेको छ ।

जिल्लाका बिभिन्न गाउँबाट कम्प्युटर पढ्न आएका विद्यार्थीहरुले परीक्षा दिन नपाउने भएपछि अहिले घर न घाँटको भएका छन् । ‘विद्यालयले भर्ना लिने समयमै सिटिइभिटीसँग प्रष्ट कुरा गरेर भर्ना नलिएको भए अन्य बिषय लिएर पढ्न पाइन्थ्यो’ जिल्लाको च्वाँगड क्षेत्रबाट कम्प्युटर पढ्न आएका अर्का विद्यार्थी रविन्द्र धामीले भने– ‘परीक्षा दिने समयमा आएर अलपत्र पारेपछि एक बर्ष त्यसै खेर गएको छ ।’

परीक्षा दिन नपाएपछि बिद्र्याीहरुले सोमबार कृष्ण उच्च माबि, पाटनमा तालाबन्दी गरेका छन् । उनिहरुले छ महिनाको अवधीमा १८ हजार सात सय शुल्क समेत तिरिसकेका छन भने क्याम्पसको पाठ्यपुस्तक, पोषाक, बजारमा डेरा गरि बस्दा लाखौं खर्च भइसकेको बताएका छन् ।

यता कृष्ण उच्च माबिका प्राचार्य बीरेन्द्र केसीले सिटिइभिटीका परीक्षा नियन्त्रक इश्वरी भट्टसँग सल्लाह गरेर विद्यार्थी भर्ना लिएको दाबी गरेका छन् । गत साउन २२ गते सिटिइभिटीका परीक्षा नियन्त्रक भट्टले फोनमा आफूलाई डि ग्रेडको विद्यार्थीलाई भर्ना गर्न भनेपछि मात्रै विद्यार्थी भर्ना लिएको बताउँदै विद्यार्थीको भविस्यको जिम्मा उनैले लिनुपर्ने बताए ।

उता परीक्षा नियन्त्रक भट्टले भने सिटिइभिटीको आफ्नै नियम भएकाले विद्यार्थी भर्ना लिने समयमै सि ग्रेडसम्मको विद्यार्थीलाई मात्रै भर्ना लिन सूचना प्रकासित गरेको बताए । विद्यार्थी भर्नाको बिषयमा कृष्ण उच्च माबिका प्राचार्य केसीसँग भएको कुराको सन्दर्भमा सोध्दा उनले भने ‘मैले को सँग के भने त्यो महत्वपूर्ण होइन, सिटिइभिटीको नियम महत्वपूर्ण हो ।’

कृष्ण उच्च माबिका प्राचार्य र सिटिइभिटिका परीक्षा नियन्त्रकले विद्यार्थीको भविस्यमाथि खेलवाड किन खेलवाड गरेको भन्ने प्रश्नमा उनले आफूले कुनै जिम्मा नलिने बताए । कम्प्युटरका ११ जना विद्यार्थीलाई परीक्षा दिलाउन प्रयास भइरहेकोले अहिले नै केही भन्न नसकिने उनले बताए ।

रजिष्ट्रेशन फारम भर्नबाट बञ्चीत ११ जना विद्यार्थीले परीक्षा दिन पाउनु पर्ने माग राखेका छन् । सोमबार विद्यालयमा तालाबन्दी गरेर थप आन्दोलन चर्काउने परीक्षाबाट बञ्चित विद्यार्थी प्रकाश भट्टले बताए । नौ र १० कक्षामा ऐच्छिक गणित पढेर एसएलसीमा ८० अंक ल्याएपनि अनिवार्य गणितमा डि प्लस आएको बताउँने गाँजरीका रविन्द्र धामीले आफूहरुको भविस्यमाथि खेलबाड गर्नेहरुमाथि कारवाहीको माग गरे ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर
  • बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग
  • विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताको परिचयात्मक कार्यक्रम सम्पन्न
  • दुई सय उन्चालिस विद्यार्थी परीक्षा दिनबाट वञ्चित
  • आजदेखि देशभर एसइई परीक्षा सुरु
  • विभागको निर्देशनअनुसार बिद्यालय व्यवस्थापन समिति गठन भएन
  • श्रीकोटका विद्यार्थीको बाध्यता : विद्यालय जान चार घण्टा हिड्नुपर्ने
  • सिटिइभिटी र प्रअको लापरवाही, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीको भविस्यमाथि खेलवाड