Facebook Twitter Google+
DHO

श्रीमतीको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान

thumb

विनोद सिंह विष्ट,
बैतडी, ७ फागुन ।

बैतडीको सित्तड गाविसका एक स्थानीय बासिन्दाले श्रीमतीको सम्झनामा सित्तड स्वास्थ्य चौकीलाई नि:शुल्क रुपमा २ रोपनी जग्गादान गर्नुभएको छ । जग्गादान गर्नेमा सित्तड ९ घमालीका राम सिंह कार्की रहेका सित्तड स्वास्थ्य चौकीका ईन्चार्ज नैन सिंह गोयलाले जानकारी दिनुभयो ।

श्रीमती पार्वती कार्कीको ५४ बर्षको उमेरमा ६ महिना अगाडी ब्लड प्रेशरको कारणले ज्यान गएको र श्रीमतीको सम्झनामा राम सिंह कार्कीले जग्गादान गरेको बताईएको छ ।

सित्तड स्वास्थ्य चौकी भन्दा टाढा रहेको वडानम्वर ९ मा दिएको उक्त जग्गामा पार्वती बर्थिङ सेन्टर भनेर बर्थिङ सेन्टर निर्माण गरिने सित्तड स्वास्थ्य चौकीका ईन्चार्ज गोयलाले बताउनुभयो ।

यसअघि उक्त क्षेत्रका गर्भवती महिलाले सुत्केरीका लागी स्वास्थ्यचौकी आउनुपर्ने बाध्यता रहेकोले बर्थिङ सेन्टर निर्माणपछी त्यो बाध्यता हट्ने भएको छ ।

जग्गादान गर्नुहुने कार्कीलाई सित्तड स्वास्थ्य चौकी परिवारले धन्यवाद समेत ज्ञापन गरेको छ । उक्त ठाउँमा बर्थिङ सेन्टर निर्माण भएपछि सित्तड गाविसमा बर्थिङ सेन्टरको संख्या तिन पुग्ने भएको छ । यसअघि सित्तड ५ र ६ नम्वरको सिमानामा रहेको खौलाबजार र स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा १५५ जना क्षयरोगी भेट्टिए
  • स्वास्थ्य बिमाबारे ग्रामिण क्षेत्रका नागरिक अनविज्ञ
  • श्वासबाट लसुनको वास्ना यसरी हटाउन सकिन्छ
  • स्वास्थ्य चौकीलाई जमीनदान
  • श्रीमतीको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान
  • बैतडीमा ४ जनाले स्वास्थ्यबीमाको सेवा लिए
  • विशालपुर पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा
  • पाटनका दुई वडा घरमा हुने सुत्केरी शुन्य घोषणा