Facebook Twitter Google+ Google+
DHO

श्रीकोटका विद्यार्थीको बाध्यता : विद्यालय जान चार घण्टा हिड्नुपर्ने

shreekot 9Advertise Here

विनोद सिंह विष्ट,
बैतडी, ५ फागुन ।

जिल्लाको मध्यक्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घण्टा हिडेर पढ्नका लागी विद्यालय जान बाध्य भएका छन् ।

श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्वर वडा कलौनाका विद्यार्थी दैनिक ४ घण्टा हिडेर पढ्न बाध्य भएका हुन । वडा नम्वर ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि पढ्नलाई वडा नम्वर ४ मा रहेको सनातन धर्म मावि खोचलेक जाने गर्दछन ।

विहान ८ बजे विद्यालय आउनुपर्छ बेलुका ६ बजे मात्र घर पुगिन्छ कक्षा ८ मा अध्ययनरत छात्र रमेस गिरीले बताउनुभयो । उहाँले भन्नुभयो “दैनिक ४ घण्टा हिड्नुपर्ने बाध्यता छ”

शिक्षकले दिएको गुहकार्य पनि ४ घण्टा हिड्नुपर्दा गर्न सकिदैन कक्षा ७ का छात्र रोशन गिरीले भन्नुभयो “उज्यालो हुदा विद्यालयको तयारी गर्नुपर्छ, अध्यारो हुदा घर पुगिन्छ” ।

विद्यालय पढ्नकै लागी भनेर यसरी दैनिक ४ घण्टा हिड्न बाध्य भएका कक्षा १० कि छात्रा सुन्नरी गिरीले बताउनुभयो । सधै ढिलो गरी विद्यालय पुगिन्छ उहाँले भन्नुभयो “शिक्षकले सधै कक्षाकोठामा पढाउन सुरु गरिसकेपछी पुग्छौ, हाम्रो यो बाध्यतालाई कसैले बुझ्दैन” ।

टाढाको बाटो हिडेर आउदा मानशिक तथा शारिरिक थकानका कारणले श्रीकोट वडा नम्वर ९ का विद्यार्थीहरु पढाई प्रति रुचि घट्दै जाने शिक्षक रमेश नाथले जानकारी दिनुभयो । कक्षाकोठामा पनि ढिलै पुग्ने गरेका छन उहाले भन्नुभयो “गृहकार्य समेत खासै गरेको देखिदैन”

विद्यार्थी सधै थाकेर आउने गरेको र कहिलेकाही त कक्षाकोठामै सुत्ने गरेको उहाँको भनाई रहेको छ ।

आफ्नै वडामा मावि सम्मको विद्यालय भएको भए यस्तो बाध्यता हट्ने स्थानीय अभिभावक हेमराज गिरीकोे भनाई रहेको छ । यसरी दैनिक ४ घण्टा हिडेर विद्यालय जानुपर्ने हुँदा राम्रोसंग पढ्न पाउदैनन् उहाँले भन्नुभयो “विद्यालयमा पढेको कुरा घर जादा थाकेर बिर्सिहाल्छन”

बाटोको समस्या तथा स्थानीय बगडीगाड खोलामा पुल नहुँदा विद्यार्थीलाई झनै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बर्सादको समयमा स्थानीय बगडीगाड खोलाका कारण विद्यालय पढ्न नसक्ने श्रीकोट ९ का विद्यार्थीको बाध्यता रहको छ । बगडीगाड खोलामा पानीको सतह बढेर खोला तर्न नसकेर बर्सादको समयमा पढाई प्रभावित हुने गरेको छ ।

खोचलेकमा रहेको सनातन मावि एक मात्र श्रीकोट गाविसको कक्षा १२ सम्म पढाई हुने विद्यालय हो ।

गाविसवाट पाउने सेवा सुविधावाट समेत वडा नम्वर ९ का बासिन्दालाई पनि यस्तै बाध्यता रहेको छ । सडक सञ्जाल समेत नजोडिएकोले खाद्यान्नका लागी समेत दैनिक ४ घण्टा हिडेर लैजानुपर्ने बाध्यता रहेको छ ।

गाँउ परिषदवाट छुट्याउने योजनामा समेत सौतेनी व्यवहार गर्ने गरेको ९ नम्वरका स्थानीय बासिन्दाको आरोप रहेको छ ।

स्थानिय राजनितिक दलले आफ्नो वडाका योजना मात्र परिषदबाट पारित गर्ने गरेका छन ।

वडा मञ्चवाट आएका योजनालाई समेत काटेर राजनितिक दलले आफ्ना वडामा हाल्ने गरेको समेत स्थानीयको आरोप रहेको छ । ९ नम्वर वडालाई सधै श्रीकोट गाविसले सौतेनी व्यवहार गर्ने गरेको बताईएको छ ।

कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा श्रीकोटका साथै देउलेक, कटौजपानी, न्वाली, हटैराज, सित्तड, श्रीकेदार लगायत गाविसका विद्यार्थी अध्ययनरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै
  • बिद्यालय भवन निर्माणमा अनियमितता भएको खुलासा
  • धनगढीमा शैक्षिक मेलाको तयारी पुरा
  • मल्लाढीकमा १८ महिने भेटेरीनरी जेटिएको पढाई हुने
  • एसईईको नतिजा सार्वजनिक
  • परीक्षाको मुखमा पनि भीमदत्त क्याम्पसमा अध्ययन-अध्यापन ठप्प
  • कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन हुने
  • खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन तालिम सम्पन्न