Facebook Twitter Google+
DHO

विशालपुर पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा

bishalpur

बैतडीको विशालपुर गाविसलाई पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ। सबै मापदण्ड पूरा भएपछि विशालपुरलाई पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो।

गाविसभरि रहेका गर्भवती महिलाले गत एक वर्ष यता स्वास्थ्यसंस्थामै बच्चा जन्माएपछि गाविसलाई पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको विशालपुर स्वास्थ्यचौकीका इन्चार्ज करनसिंह ठगुन्नाले बताए।

गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गरेको, गर्भवती महिलाले टिडी खोप, आइरन चक्की सेवन गरेको, स्वास्थ्यसंस्थामा नै बच्चा जन्माएको लगायतका ८ वटा सूचक पूरा भएपछि विशालपुरलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो। यो सँगै जिल्लामा पूर्णसंस्थागत सुत्केरी गाविसको संख्या चार पुगेको छ। बैतडीलाई आगामी २०७४ असार मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको छ।

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले स्वास्थ्य नागरिकको मौलिक हक भएकाले सो हकलाई प्रत्याभूत गर्न राज्यका सबै निकाय लाग्नुपर्ने बताए। यस्तै जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले पूर्णसंस्थागत सुत्केरी अभियान आमा र बच्चा बचाउने अभियान भएकालेसबैले सहयोग गर्नुपर्ने बताए।

पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा कार्यक्रममा विशालपुर स्वास्थ्यचौकीले स्वास्थ्यखबर पत्रिकाका बैतडी सम्वादाता भगीरथ अवस्थी, सीधारेखाका प्रधानसम्पादक घनश्यामसागर पन्त, पत्रकार सुरत पार्कीसहित महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, आमा समूहका अध्यक्ष, जमिनदाता लगायतलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा १५५ जना क्षयरोगी भेट्टिए
  • स्वास्थ्य बिमाबारे ग्रामिण क्षेत्रका नागरिक अनविज्ञ
  • श्वासबाट लसुनको वास्ना यसरी हटाउन सकिन्छ
  • स्वास्थ्य चौकीलाई जमीनदान
  • श्रीमतीको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान
  • बैतडीमा ४ जनाले स्वास्थ्यबीमाको सेवा लिए
  • विशालपुर पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा
  • पाटनका दुई वडा घरमा हुने सुत्केरी शुन्य घोषणा