Facebook Twitter Google+
DHO

विभागको निर्देशनअनुसार बिद्यालय व्यवस्थापन समिति गठन भएन

thumb

विनोद सिंह विष्ट,
बैतडी, ६ फागुन ।

शिक्षा ऐन २०२८ को आठौ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशन अनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

शिक्षा विभागले गएको माघ मसान्तभित्र जिल्लाका सम्पुर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिए पनि हुन नसकेको जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरले जानकारी दिनुभयो ।

बैतडी जिल्लाका ९७ प्रतिशत विद्यालयमा मात्र विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । उहाले भन्नुभयो “बाकी रहेका २० वटा विद्यालयमा पनि गठन प्रक्रियामा रहेकाले केही दिनभित्रै संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन भइसक्नेछ” ।

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा स्रोत व्यक्ति र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान रहे पनि जिल्ला शिक्षा कार्यालयमा आवश्यक जनशक्तिको अभावका कारण सम्वन्धित श्रोतव्यक्तीको संयोजनमा गठन भईरहेको जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो ।

केही विद्यालयमा राजनीतिक खिचातानीका कारण समिति गठन स्थगित भए पनि अधिकांश विद्यालयमा सहजताका साथ समिति गठन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका अधिकांश विद्यालयमा राजनितिक खिचातानीका कारण हुदा विवाद आएको बताईएको छ ।

बैतडीमा हाल ३१९ प्रावि १०३ निमावि र ११६ मावि गरी ५३८ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने २१ संस्थागत विद्यालय सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर
  • बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग
  • विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताको परिचयात्मक कार्यक्रम सम्पन्न
  • दुई सय उन्चालिस विद्यार्थी परीक्षा दिनबाट वञ्चित
  • आजदेखि देशभर एसइई परीक्षा सुरु
  • विभागको निर्देशनअनुसार बिद्यालय व्यवस्थापन समिति गठन भएन
  • श्रीकोटका विद्यार्थीको बाध्यता : विद्यालय जान चार घण्टा हिड्नुपर्ने
  • सिटिइभिटी र प्रअको लापरवाही, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीको भविस्यमाथि खेलवाड