Facebook Twitter Google+
DHO

भ्यालेन्टाइन डे यानि प्रणय दिवस

thumb

भनिन्छ पे्रम विनाको संसार हुन सक्दैन । प्रेमनै सवै भन्दा पवित्र हुन्छ र प्रेमनै जीन्दगीको एक अद्भूत आकर्षण पनि हो जसमा मानव सभ्यता विकसित हुँदै प्रदर्शित भइ रहेको हुन्छ । पे्रमलेनै संसारलाई सून्दर वनाएको हुन्छ । यदि संसारमा कुनै दिन पे्रम रहँदैन भने मानव सभ्यता पनि रहने छैन । मानिस मात्र हैन चर चराचर जगतका सवै प्राणीहरु पनि प्रेम विना रहन असम्भव छ । प्रकृतिका हरेक सृजनाले जगतमा सृजित र विकसित हुनका लागि पनि निरन्तर प्रेम गरिनै रहेका हुन्छन । मान्छेको मात्र कुरा गर्ने हो भने पनि प्रत्येक हृदयले पे्रम चाही रहेको हुन्छ, पे्रम खोजि रहेको हुन्छ र पे्रम गरि रहेको हुन्छ । पे्रम हरेकको कामना हो, आकाँक्षा हो, चाहाना हो, आवश्यकता र लक्ष्य पनि हो । मानिस नमरुन्जेल सम्म पे्रमको भोको हुन्छ त्यसैले प्रेम मानव जातिको कहिलै नमेटिने भोक यानि तिर्खा पनि हो ।

पे्रम र प्रणयमा फरक छ । सवै प्रेम प्रणय नहुन सक्छ तर सवै प्रणय प्रेम भने अवश्य हुन्छ । प्रेमलाई सिमानाले छेक्न सक्दैन तर प्रणय सामिप्यतामा मात्र सिमित हुन्छ । प्रणय प्रेमको चरम विकसित रुप हो तर त्यो क्ष्यण भरका लागि मात्र रहन्छ तर प्रेम सँधै रहि रहन्छ । परिणयको शाव्दिक अर्थ विवाह हुन्छ भने प्रणयको शाव्दिक अर्थ प्रेमपुर्वक गरिने प्रार्थना हुन्छ । जुन प्रार्थना श्रृंगारिक हुन्छ र यसले अनुराग र स्नेह भन्दा पनि धेरै गहिराईको आनन्द अनुभूत गराई रहन्छ । जहाँ भरौसा विश्वास मोक्ष निर्वाण श्रद्धा र प्रसवको अनुभूति सम्म हँदैन ।

खगोयक्ष पन्त

खगोयक्ष पन्त

फागुन चैत्रका महिना अथवा वशन्त ऋतुको आगमनका दिनहरु उसै पनि हषौलासमयनै हुन्छन । फागुका रंगहरु पनि प्रेम र प्रणयकै प्रतिक हुन जो सनातन काल देखिनै मनाइदै आइएका छन । संयोगले भ्यालेन्टाईन डे पनि यही वशन्तको उत्सवमा रंगिन पुगेको छ । अंग्रेजीको दोश्रो महिना यानि फेव्रुअरी १४ तारिखका दिन भ्यालेण्डाइन डे यानि प्रणय दिवश मनाइन्छ । प्रेम गर्न चाहानेहरुका लागि यो दिन एक उत्सवको रुपमा पनि रहेको छ किनकी प्रेमको प्रस्ताव गर्न नसकि रहेकोहरुका मनमा पनि यस दिनले भरौसा जगाइ दिन्छ अथवा आत्मवल वढाइ दिन्छ । त्यसैले आफुले माया गरेको, मन पराएको वा चाहेको मान्छेलाई आफ्नो मनको भावना अभिव्यक्त गर्ने दिनको रुपमा पर्खिनेहरुको संख्या दुनिँयामा थपिँदो छ । यसै दिनको अवशर पारेर कैयौं प्रेमनै गर्न नसकेकाहरुले प्रेमको प्रस्ताव राख्ने हिम्मत गर्छन भने पे्रममा रहेकाहरुले प्रणयको प्रस्ताव गर्ने हिम्मत गर्छन । त्यसैले प्रेम र प्रणयको प्रस्ताव राख्ने दिनका नाउँमा भ्यालेन्टाइन डे मनाउनेको संख्या वड्दो छ ।

तर यस दिवशको सुरुवात एक दुखद घटनावाट भएको थियो । भ्यालेन्टाइन डे सुरुमा रोमन क्याथोलिकहरुको एक सामान्य पर्वका रुपमा थियो । रोमका राजा क्लाउडियस युद्ध उन्मादी राजा थिए । उनले युद्धमा जाने सैकिहरुले विवाह गर्न हुन्न र सम्भोग समेत गर्न हुन्न भनि प्रतिवन्ध लगाएका थिए किनकी यसले सैनिकको मनोभावना र सारिरिक क्ष्यमतामा समेत ह्रास ल्याउन्छ भन्ने उनको मान्यता थियो । विवाह र यौन सम्वन्धले पुरुषलाई कम्जोर वनाउने र त्यसको प्रतिकुल प्रभाव राज्य राज्य विचको युद्धमा पर्छ भन्ने धारणकै आधारमा राजाले सैनिकहरुलाई विवाह गर्न तथा सम्भोग गर्न समेत प्रतिवन्ध लगाएका थिए । सैनिकहरुका लागि महिलाहरु संगको सम्वन्ध वर्जित गरेका थिए र कसैले त्यसो गरे मृत्यदण्ड दिने व्यवस्था समेत कायम गराएका थिए । राजाको यो निर्णयवाट सैनिक सेवामा कार्यरत रहेका हजारौं नव जवानहरु विवाह गर्न तथा सम्भोग गर्नवाट वञ्चित हुन पुगेका थिए ।

राजा क्लाउडिसको यस कदम प्रति सैनिक समेत गैर सैनिक वर्गहरु पनि असन्तुष्ट थिए तर मृत्युदण्डको भयले कसैले यस निर्णयका विरुद्ध आवाज उठाउन सकि रहेका थिएनन् । त्यस समयमा एक जना धर्मगुरु सेन्ट भ्यालेन्टाइनले राजाको यस्तो निर्णयको विरोध गरे । राजनीतिका नाउँमा युवाहरुलाई जैविकिय आवश्यकतावाट विमुख गराउनु अपराध हो भन्ने उनको धारणा थियो र यस्तो क्रियाकलापले सामाजिक व्यवस्था भाँडिदै गएर एक दिन मानव सभ्यता समेतलाई तहसनहस गराउन सक्छ भन्ने उनको तर्क थियो । त्यसैले उनले राजाको कदमको विरोध गर्दै युवाहरुलाई प्रेम र विवाह गर्न उत्साहित गराउन थाले ।

यसै प्रकृयामा सामेल भएर कैयौं नव जवान सैनिकहरुले भय मुक्त हुँदै राजाको अप्राकृतिक निर्णयको उलंघन गर्दै धर्म गुरुको समर्थनमा देखा पर्न थाले । १३ पे्रmवुअरी सन २६९ का दिन भ्यालेन्टाईनको नेत्रित्वमा ३०० सैनिक र तिनका पे्रमिकाहरु राजाज्ञाको सिमा पार गर्दै सामुहीक विवाह वन्धनमा वाँधिएका थिए तर भोलिपल्टनै १४ फ्रेवुअरी सन २६९ का दिनमा भ्यालेन्टाइन समेत ति प्रेम विवाह वन्धनमा वाँधिएका सवै सैनिकहरुलाई फाँसी दिएर मारिएको थियो । त्यही दुखद् घटनाको स्मृतिमा यस दिनलाई भ्यालेन्टाइनका समर्थकहरुले एउटा अभियानका रुपमा संचालन गर्न थाले जसले आँखिरमा राजालाई उक्त कठोर निर्णय फिर्ता लिन वाध्य गराएको थियो । त्यसैले भ्यालेन्टाइन डे लाई प्रेमको जीत भएको खुसिको दिनको रुपमा मनाइन्छ । पे्रम विवाह र सम्भोकको आशा राख्न पाइने दिनको रुपमा मनाइन्छ । त्यसैले आज भ्यालेन्टाइन डे मनाउने संस्कृति पनि विस्तृत हुँदै स्थापित भई रहेको छ ।

पे्रम आफैंमा एक रंगिन अनुभूति हो । कसै संग पे्रमको कल्पना मात्रै गर्दा पनि सशिरमा आनन्दका तरंगहरु सल्वलाउन थाल्छन । मनलाई प्रणय चिन्तनले तरंगित वनाउन थाल्छ र प्रणयको कामना वोकेका कैयौं मनहरुलाई पृष्ठमा उतारि दिन्छ । पे्रमका भोकाहरु, कामना र वासनाका भोकाहरुको आश र गास जुटाई दिने अवशर पनि वनेको छ, प्रणय दिवश । त्यसैले आजका नयाँ पुस्ताका युवा युवतीहरुका लागि प्रतिक्षित दिन हुन पुगेको छ भ्यालेन्टाइन डे । अवशर हुन पुगेको छ प्रणय दिवश ।

प्रेम हार्दिक भावना संग जोडिएको हुन्छ र त्यो भावनालाई व्यवहारिक रुपमा व्यक्त गर्ने विभिन्न माध्यम हुन सक्छन । जस्तै भ्यालेन्टाइन डे मा त्यो भावना व्यक्त गर्न सवै भन्दा वढी गुलाफको फुलको प्रयोग हुन्छ । गुलाफको फुल आदान प्रदान गरेर प्रेमी जोडिहरुले परस्परमा प्रेम प्रकट गर्दछन । गुलावका फुलहरु पनि विभिन्न रंगका हुन्छन र तिनको अर्थ पनि फरक फरक प्रकारको हुन्छ । रातो गुलाव शान्ति, प्रेम र सामथ्र्यको प्रतिक हो । रातो गुलाव स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गर्नु हो । यसरीनै गुलावी गुलाफ हार्दिकताको प्रतिक हो । गुलावी गुलाफ स्वीकार गर्नु हार्दिक सामिप्यता स्वीकार गर्नु हो । यसरीनै सेतो गुलाफ समर्पण र स्वच्चताको प्रतिक हो । सेतो गुलाफ स्वीकार गर्नु सर्मपित हुनु हो । यसरीनै पहेंलो गुलाफ मित्रताको प्रतिक हो । पहेंलो गुलाफ स्वीकार गर्नु मित्रवत हुनु हो । र यसरीनै कालो रंगको गुलाफ विदाईको प्रतिक हो । कालो गुलाफ स्वीकार गर्नु सम्वन्ध विच्छेद गर्नु हो । भन्ने मान्यता प्रचलित छ ।

भ्यालेन्टाइन डे पश्चिमी सँस्कृतिको पर्व हो । यो नेपाल तथा भारतियमूलको संस्कृति होईन अथवा हिन्दु आर्य धर्मावलम्वीहरुको संस्कृति हैन । नेपालमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या वढे संगै पश्चिमी संस्कृतिको प्रभाव पनि भित्रिन थालेको हो । पछिल्लो समयमा संचारको विकास तथा सामाजिक संजालको वढ्दो प्रयोगले पनि पश्चिमी संस्कृतिको प्रभावलाईनै व्यापक वनाइ रहेको छ । नेपालमा पञ्चायत काल पछिको खुला परिवेशमा यस संस्कृतिले भित्रिने मौका पाएको देखिन्छ ।

आज नेपालमा भ्यालेन्टाइन डे का लागिनै भनेर भारतवाट आयात गरिने फुलको माग प्रत्येक वर्ष वढि रहेको छ । गत वर्ष र यो वर्ष पनि एक लाख भन्दा वढीे गुलाफका फुलहरु नेपाल भित्रिएका छन जसले भ्यालेन्टाईन डे मनाउनेको संख्या वढि रहेको संकेत गर्दछ । गोंगावु स्थित नयाँ वस पार्कमा अवस्थित विजी मलले म्यालेन्टाइन डे को अवशर पारेर “विग डिस्काउण्ट विन्टर सेल” योजना सुरु गरेको छ । माघ २८ वाट सुरु भएको यो योजना १७ दिन सम्म संचालन हुनेछ र योजना अवधि भर मलमा सपिङ गर्ने ग्राहाकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन । यस्तै ग्राण्डी अन्तर्राष्ट्रय अस्पतालले क्युपिङ प्याकेज अफर सहित प्रणय दिवश मनाइ रहेको छ । यस्ता थुप्रै अन्य होटल व्यवशायी, व्यापारी, अस्पताल र शिक्षण संस्थानहरुले भ्यालेन्टाइन डे लाई कुनै न कुनै रुपमा प्रायोजित गरि रहेका छन ।

यदि साधारण वोलिचालिको भाषामा भन्ने हो भने नारी र पुरुष विचको एकाकारको कथानै प्रेम हो । कथा समय सन्दर्भ परिवर्तन भई रहेको हुन्छ तर प्रेम उही रहन्छ । विपरित लिंग प्रतिको आकर्षण जव सम्म रहन्छ तव सम्म प्रेम रहि रहन्छ । त्यो हिजो अविकसीत रुपमा थियो त्यसैले प्रेम व्यक्त गर्ने माध्यम सरल र सहज थिएन तर आज विधि र प्रविधिको विकास र प्रयोगले प्रेम व्यक्त गर्ने माध्यमलाई छिटो र छरीतो वनाइ दिएको छ ।

भ्यालेन्टाइनले गरेको प्रयत्न र लडेको युद्ध प्रेम भन्दा पनि प्रणयको पक्षमा थियो त्यसैले भ्यालेन्टाइन डे भनेको प्रेम दिवश भन्दा पनि प्रणय दिवश हो । यस पालिको भ्यालेण्टाइन डे को अवशर पारेर अनिता पन्त नाउँकी एक वहिनीले पनि फेसवुकमा यस्तो एउटा स्टेटस राखेकी थिइन— भ्यालेन्टाइन डे आयो रे भन्छन तर भ्यालेन्टाइन डे को खास औचित्य छैन । प्रेम गर्न वर्षको एक दिनले पुग्छ र ? पे्रम त जीवनको हरदिन गरिन्छ । एक दिनमा त केवल वासना तृप्त हुन्छ । प्रेम हैन ।

उनले भनेको कुरा पनि जायज छ किनकी यो प्रेम भन्दा पनि प्रणय दिवशनै हो । उहिलै भ्यालेन्टाइनले खोजेको र रोजेको पनि प्रेम भन्दा पनि काम वासनानै हो । हुन पनि एक दिनको प्रयत्नले केही हुँदैन । प्रेम होस या प्रणय होस सँधै वा पटक पटक आवश्यक पर्छन तर पनि दिवश मनाउनु भनेको सांकेतिक विशेषता मात्रै हो । कुनै न कुनै वहानामा कसै न कसैको नाउँमा उत्सवको सार्वजनिकीकरण गर्नुनै दिवश हो । प्रणय दिवशका विषयमा मात्र हैन कुनै पनि दिवशका वारेमा कसैको कुनै धारणा होला कसैको कुनै धारणा होला । कसैले मनाउलान कसैले नमनाउलान । मनाउनेहरुका विचमा पनि तौर तरिका फरक फरकनै होलान तर पनि यसले सार्वजनिकरणकै माध्यमवाट सामाजिक साँस्कृतिक प्रभाव भने पारि रहेको हुन्छ ।

आँखिर जे भने पनि र जे भए पनि सुख, शान्ति र सम्वृद्धिकै लागि मानिसले प्रेम गर्दछन र प्रणय गर्दछन तर कसैका लागि त्यो अभिषप वनि दिन्छ भने कसैका लागि वरदान पनि सिद्ध हुन्छ । प्रेम अथवा प्रणयका लागि विश्वास, चाहाना र कामनाको संयोग जुरेको हुनु पर्दछ । भ्यालेन्टाइन डे पश्चिमा संस्कृतिवाट आयातित दिवश अवश्य हो तर यसको सन्देश गलत छैन । यसले घ्रेणा र अहंकारलाई स्वीकार गर्दैन । कामना र उत्तेजना त प्रेममा फैलिरहने वासना हुन जुन घ्रेणा र अहंकारमा कहिलै फैलिँदैन भन्ने यसको मान्यता हो । त्यसैले यसका सकारात्मक पक्षहरुको समर्थन गर्नु कसैको अहितमा हुनै सक्दैन । आज प्रविधिको प्रयोगले विश्व नजिकिँदै जाँदा धर्म, वर्ग, जात, भूगोल, सम्प्रदाय र संस्कृतिका नाउँमा विभाजित हुनु भन्दा एक गुलाफको फुल कसैलाई प्रस्तावित गर्नमानै आनन्द छ र मजा छ । त्यसैले आउँ प्रेमलाई फुलाउँ भन्दै यस वर्षको भ्यालेन्टाईन डे को अवशरमा सवैलाई शुभ कामना व्यक्त गर्दछु । ह्याप्पी भ्यालेन्टाइनस् डे २०१७ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • भ्यालेन्टाइन डे यानि प्रणय दिवस
  • गणतन्त्रका गद्दार हैनौ भने तुरुन्त निर्वाचन गर
  • महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई
  • सरकारको सरप्राइज : जनता जिल्ल
  • ‘त्रिदेशीय साझेदारी’ किन चाहँदैन भारत ?
  • प्रतिनिधितन्त्र विरुद्ध प्रविधितन्त्र
  • बौद्ध दर्शनका प्रमुख मान्यता
  • संविधानका ३६५ दिन