Facebook Twitter Google+ Google+
DHO

बैतडीमा ४ जनाले स्वास्थ्यबीमाको सेवा लिए

thumbAdvertise Here

भगीरथ अवस्थी,
बैतडी, २ फाल्गुन ।

बैतडीमा स्वास्थ्यबीमाको सेवा शुरु भएसंगै आज ४ जनाले सेवा लिएका छन् । यही पौष १ गते स्वास्थ्यबीमा गरेका नागरिकका लागि हिजो फागुन १ गतेदेखि सेवा शुरु भएको हो ।

स्वास्थ्यबीमा गरेका ४ जनाले आज जिल्ला अस्पातल बैतडीबाट सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्यबीमा अन्तर्गत ५ जनाको परिवारले दुई हजार पाँच सय तिरेमा ५० हजार बराबरको उपचार निशुल्क रुपमा गर्न पाउने प्रावधान रही आएको छ ।

५ जना भन्दा बढी संख्या भएका परिवारले प्रति सदस्य ४२५ का दरले थप शुल्क तिरेर स्वास्थ्यबीमा गर्न सक्ने बताइएको छ । बैतडीमा अहिले सम्म एक हजार ३ सय बढी नागरिकले स्वास्थ्य बीमा गरिसकेको सूचना अधिकृत जोशीले जानकारी दिनुभयो ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्यबीमा शुरु गरिएकाले यो कार्यक्रममा सहभागी हुन जिल्ला स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अब एचआइभीको शंका भए औषधि निःशुल्क
  • स्वास्थ्य संस्था हस्तान्तरण प्रक्रिया सुरु
  • डा केसीको स्वास्थ्य झन् खस्कियो
  • पाँच लाख सरकारी कर्मचारीको अनिवार्य स्वास्थ्य बीमा गरिने
  • बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव
  • पाटन बजार अनुगमन
  • बढी सेल्फी खिच्नाले लाग्ने रोग सेल्फी इल्बो के हो?
  • डण्डीफोर हटाउने घरेलु उपाय