Facebook Twitter Google+
DHO

प्रजातन्त्र दिवस र यसको सार्थकता

thumb
pawan-bhatt

पवनकुमार भट्ट, अधिवक्ता

प्रजातन्त्र भनेको जनकेन्द्रीत शासन ब्यवस्था हो । शासनमा जनताको सहभागिता रहन्छ र शासनको केन्द्रबिन्दुमा जनतानै रहन्छन । निर्बाचन हुनु मात्र प्रजातन्त्रमा प्रयाप्त हुदैन । निर्बाचन स्वच्छ, निष्पक्ष र सबैको पहुँच योग्य भएको हुनु पर्दछ । अमेरिकि भुतपुर्ब राष्ट्रपती अब्राहम लिंकन को भनाईमा जनताका लागि जनताद्वारा र जनताकै निम्ति गरिने शासननै प्रजातन्त्र हो । नेपालको संबिधान २०७२ मा सार्बभौमसत्ता नेपाली जनतामा रहने ब्यवस्था अनुरुप नेपाली जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्दै छन । प्रजा भनेको जनता र तन्त्र भनेको शासन हो । यसकारण प्रजातन्त्र भन्नाले जनताको शासन भन्ने बुझाउछ । प्रजातन्त्रमा सम्पूर्ण जनताको जीउ धनको सुरक्षा गर्ने अधिकार सरकारको हुन्छ । जनताका प्रतिनिधिले सरकारमा गई शासन गर्न थाले पछि जनताको हित र रक्षाको लागि शासन संचालित हुनु पर्दछ र आम जनताले आफु सुरक्षित भएको महशुस गर्न पाउनु पर्छ । राणाशासन, पञ्चायती ब्यवस्था तथा निरंकुशतन्त्रको अन्त्यकोलागि र प्रजातन्त्रको मुल्य र मान्यताका लागि नेपाली आमाका बिर सपुत शहिदहरुको रगतले नेपाली भुमिलाई पटक पटक सिंचित गरिसकेको अवस्था बिद्यमान छ । राजा र प्रजाको अथक प्रयासबाट २००७ साल फाल्गुण ७ गतेको दिन जनताको ईच्छा र संघर्ष बमोजिम प्रजातन्त्रको स्थापना भएको कुरा सर्बबिदितै छ ।

मान्छे अपहरण गर्ने, बेपत्ता पार्ने तथा मारिनेक्रम बढदै गयो । पति पत्नी सुतिरहेको ठाउबाट पति बेपत्ता भएको र पत्नीले बलात्कारको सिकार हुनुपरेको दर्दनाक अवस्थाको सामना नेपाली आमाका चेलीले गर्नु प¥यो । १५ हजार भन्दा बढीले ज्यान गुमाए । हजार भन्दाबढी बेपत्ता छन । अपांग कत्ति भए भन्ने तथ्यांक नेपाल सरकार तथा त्यस क्षेत्रमा कामगर्ने सस्थाले बाहिर ल्याउन सकिरहेको छैन ।

२००७ सालमा प्रजातन्त्रको उदय भए पछि जनताले बोल्ने, पढने, लेख्ने लगायतका अधिकार प्राप्त गरे भने अर्कोतर्फ बिभिन्न किसिमका संघ सगठन खोल्ने क्रमले प्राथमिकता पायो । २०१५ सालमा नेपाल अधिराज्यको संबिधानको घोषणा भयो । संबिधानको घोषणापश्चात संसदिय आमनिर्वाचन सम्पन्न भयो । जनताले नेपाली कांग्रेसलाई दुई तिहाई बहुमतले बिजय तुल्याए । डेढ बर्षको संसदिय अभ्यास पछि २०१७ साल पौष १ गते संसदिय ब्यवस्थाको घाटी रेटने कार्य भयो । ३० बर्षको अनवरत संघर्ष पश्चात पुनः २०४६ सालको जनआन्दोलनले पञ्चायती ब्यवस्थाको पुनस्र्थापना ग¥यो । नेपाली आमाका सन्तानहरुले लोकतन्त्रका लागि प्राणको आहुति दिए । २०४७ सालको संबिधान नेपालमा मात्रहैन बिश्वमानै उत्कृष्ट कहलियो । नेता भनाउदाहरुले महान गल्ती गरे म कहाँबाट कसरी के का लागि प्रतिनिधि बनेर आएको हु । आम जनता प्रति मेरो दायित्व के हो भन्नेकुरा पूर्णरुपमा बिर्से । सांसदहरुले राष्ट्र र जनताको भलो छोडेर नाताबाद कृपाबादको दुनो सम्याए । सांसदहरुको किनबेच, सुत्केरी भत्ता, दलित तथा सहिदको कोटामा आफन्तलाई बिभिन्न ठाउमा भर्तीगरेको कटु यर्थाथलाई नेपाली जनताले कहिल्यै बिर्सन सक्दैन्न ।

२०५२ साल फाल्गुन १ गतेका दिन तत्कालिन नेकपा माओवादीको जन्म भयो । अछाम, दाङ बाँदरमुडे जस्ता मानव नरसंहारका कार्य भए । पार्टीप्रती जनताले बिश्वास गर्न छाडे । जनयुद्ध घोषणा भए यता हत्या र हिंसाका सामाचारहरुले अखबारका पानाहरु भरिदै गए । बारिबाट मुला ल्याएर काटेझै एक नेपालीले अर्को नेपालीलाई काटदै गए । देसमा संकटकाल लागु भयो । मान्छे अपहरण गर्ने, बेपत्ता पार्ने तथा मारिनेक्रम बढदै गयो । पति पत्नी सुतिरहेको ठाउबाट पति बेपत्ता भएको र पत्नीले बलात्कारको सिकार हुनुपरेको दर्दनाक अवस्थाको सामना नेपाली आमाका चेलीले गर्नु प¥यो । १५ हजार भन्दा बढीले ज्यान गुमाए । हजार भन्दाबढी बेपत्ता छन । अपांग कत्ति भए भन्ने तथ्यांक नेपाल सरकार तथा त्यस क्षेत्रमा कामगर्ने सस्थाले बाहिर ल्याउन सकिरहेको छैन ।

२०६३ को शान्ति संझौता पश्चात पनि माओवादी, कांग्रेस एमाले जस्ता ठुला भनाउदा पार्टीले सत्ताको बागडोर समाले । जनतालाई नया नेपालको सपना देखाए । हामी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, नया नेपाल, संघियता सहितको नया नेपाल, पहिचान सहितको संघियता, समाबेशिता, स्वतन्त्रता र समानता सहित नया नेपालको कुरा गरि रहेका छौ तर आम जनताले शान्तिको लामो श्वास लिन सकेको छैन । मधेश आन्दोलनमा करीब ६० जना शहिद भएको अवस्था छ । संघियताकै क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी देखि जवान सम्मका गरी ८ जना र दुई बर्षका नावालक समेत ९ जनाले ज्यान गुमाए । जनता गासबास कपासको कसरी जोहो गर्ने भन्ने चिन्तामा रात दिन रुमलिएका छन । आम मानिसलाई कत्तिबेला कहाँ के पो हुने हो भन्ने एक प्रकारको त्रासको अवस्था कायमै छ । देशको कुना कन्दरा ग्रामिण बस्तीको कुरात परै जाओस जिल्लाका सदरमुकाम, राज्यकै मुटु राजधानीमा लुटपाट, कुटपिट मात्रहैन दिनदहाडै मानबको ईज्जत लुटिएको छ । बैकमा राखिएको पैसा बैकका कर्मचारीबाट चोरीएको छ । अपराधीहरु खुलेआम घुमी रहेका छन । समाजमा सदभाब बिग्रिएको छ । मान्छेले मान्छे देखि डराउनु पर्ने बेला आएको छ ।

कानुनमा बिभिन्न प्रकारको सजायको ब्यवस्था गरिएको भए पनि त्यो पनि कागजमै सिमित छ । सानालाई ऐन ठूलालाई चईन भन्ने उखान यर्थाथ सिद्ध भएको छ न्यायालयमा तथा प्रशासनिक निकायमा भ्रष्टाचार हने गरेको सामाचार बाहिर आउदा समेत सम्वन्धित निकाय मौन छ । जलस्रोतको धनी देस नेपालमा धितमर्ने गरि पानी खान पाईदैन, कृषिप्रधान देस नेपालमा भोक मर्ने गरी भात खान पाईदैन, हरियो बन नेपालको धन भन्ने देसमा दाहसंस्कार गर्न दाउरा पाईदैन । मन्दिरै मन्दिरको सहर भनेर चिनिने देसमा पुजा गर्ने पुजारी पाईदैन । जडीबुटीका लागि धनी भनिएको देसमा यार्सागुम्वानामको किरा हेर्नलाई पाईदैन । दिन दिनै बढदै गईरहेको मंहगाईले एक छाक मात्र खानु पर्ने बाध्यताको सामना धेरै परिवारले गर्नु परि रहेको छ । गाउ, समाज, कार्यालय जहाँकही पनि ईमान्दार र लगनशिल ब्यक्तिको मुल्यांकन हुन सकिरहेको छैन । जो चोर उसैको ठूलोस्वर भन्ने उखान यर्थाथ भएको छ । कसैले तपाई नभन्दै आफै मपाई भन्नेहरुको दिन आएको छ । बिद्वान जेएस मिलले भनेका छन जनता सबैकुरा सहन गर्न सक्छन तर आफ्नो स्वतन्त्रता खोसिएको सहनगर्न सक्दैन्न ।

प्रजातन्त्रको लागि आम नेपालीले कहाँबाट कसरी सहयोग गरे भन्नेकुरा को जति ब्याख्या गरेपनि पुग्दैन । जहाबाट जस्ले जसरी सहयोग गरे पनि सबैको एउटै मात्र साझा उदेश्य थियो देसमा दिगो शान्ति ल्याउने रात दिन भईरहेको हत्या, अपहरण, बेपत्ता, बलात्कार, यातना, कुटपीट, लुटपीट, चोरी, डकैती जस्ता घटनामा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउने तर बिडम्वना सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको दुई बर्ष बिति सक्दा पनि पीडितले न्याय पाउन सकेन्न मयाद पुन : एक बर्षको लागि थप भएको छ । तर पीडितले एक बर्ष पछि पनि न्याय पाउने कुरामा शंका गर्न सकिने ठाउ प्रयाप्त छ । घटना कसरी भएको हो भनेर सोध खोज गर्न सक्ने अवस्था दिन प्रतिदिन कमी हुदैगई रहेको छ किन भने अध्यारो रातमा सुतिरहेको समयमा घरबाट कस्तो प्रकारका माओवादी वा सुरक्षाकर्मीले श्रीमानलाई नियन्त्रणमा लिएर गएका हुन भन्ने बारेमा श्रीमतीले भन्न सक्ने अवस्था बिर्सिईदै छ भने उक्त घटनाको बारेमा अरु कस्ले बोलि दिने । यदी कथम कदाचित कोहि बोलिदिन तयार भए भने उनीहरुको सुरक्षा कस्ले गर्ने ? यस्ता तमाम समस्या हामी माझ रहेको अवस्थामा फेरी हामी प्रजातन्त्र दिवस भब्यताकासाथ मनाउन गई रहेका छौ ।

आम नागरिकले भने मानव अधिकारको मुल्य र मान्यता अनुरुप जीवन यापन गर्न पाएका छैन्न । जनताले नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार लगायतका अन्य ऐन, कानुन, संबिधान तथा नेपालपक्ष भएका अन्र्तराष्ट्रिय सन्धि महासन्धिले प्रत्याभुत गरेका हक अधिकारको पूर्ण रुपमा उपभोग गर्न पाएन्न भने जनताले त्यसलाई सहेर बस्न सक्दैन्न । अव सरकार, राजनीतिकदलले सत्यनिरुपण तथा मेलमिलाप आयोगले तत्काल दण्डहिनतालाई समवोधन गरेन्न, मानव नरसंहार जस्ता गंभिर मानव अधिकार उल्लंघनका घटानाका दोषिलाई कानुनी कठघरामा उभ्याएन्न र सत्य निरुपणका लागि पीडितको भनाईलाई सम्वोधन गरेन भने, मानव अधिकारको मुल्य र मान्यता, कानुनका मुल्य र मान्यता, ईमान्दारीता, सम्झदारी, सहकार्य, क्षमायाचना जस्ता कुरा मानबले मानवप्रति प्रकट गरेन भने फगुन ७ गतेकोदिन सार्बजनिक बिदा गरेर, मुल आयोजक समिति बनाई तडक भडकका साथ टुडिखेल, काठमाण्डौ लगायतका सहर तथा जिल्लाका सदरमुकाममा कार्यक्रमको आयोजना गरि ठूला ठूला कुरा गरेर जलपान गर्नाले प्रजातन्त्र दिवस मनाएको सार्थक हुदैन कि ?

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • प्रतिगमन कि ऐतिहासिक निर्वाचन, फैसला जनताको
  • प्रजातन्त्र दिवस र यसको सार्थकता
  • भ्यालेन्टाइन डे यानि प्रणय दिवस
  • गणतन्त्रका गद्दार हैनौ भने तुरुन्त निर्वाचन गर
  • महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई
  • सरकारको सरप्राइज : जनता जिल्ल
  • ‘त्रिदेशीय साझेदारी’ किन चाहँदैन भारत ?
  • प्रतिनिधितन्त्र विरुद्ध प्रविधितन्त्र