Facebook Twitter Google+ Google+
DHO

प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी

footballAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, ६ फागुन ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ तथा प्रथम निर्वाचन दिवस २०७३ को पुर्वसन्ध्यामा शुक्रवार बैतडीमा आयोजना गरिएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली बिजयी भएको छ ।

पाटन खेलमैदानमा शुक्रवार अपरान्ह सम्पन्न खेलमा पत्रकार, राजनैतिक दल र व्यवशायीको संयुक्त टोलीले कर्मचारीको टोलीलाई ६–५ गोल अन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्प्रधार्तमक खेलमा पत्रकारको टोलीवाट मुकेश ऐरले ह्याट्रिक गोल र पारस विष्टले २ तथा मधुर विष्टले १ गोल गरेका थिए । कर्मचारीको टिमवाट प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले पनि ह्याट्रिक गर्दै ३ गोल प्रहार गरे पनि हार टार्न सकेन । यस्तै कर्मचारीवाट कालीप्रसाद पडाल र कर्मठ बुढाथापाले समान एक एक गोल गरेका थिए ।

विजयी टोलीलाई शनिवार फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ तथा प्रथम निर्वाचन दिवस २०७३ को अवसरमा गरिने कार्यक्रमका बिच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जनाईएको छ ।

फागुन ७ गते विहान जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिनुका साथै अस्पतालबाटै प्रभातफेरी गर्दै गोठलापानीमा जम्मा हुने र त्यसपछि गोठलापानी बजारमै बिहान ९ बजे प्रजातन्त्र र निर्वाचन बीच अन्तर सम्वन्ध विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको जिल्ला स्तरिय मूल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो ।

यस्तै फागुन ७ गते दिउँसो १ बजे जिल्ला कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गर्नुका साथै कैदीबन्दीलाई खेलकुद सामग्री समेत वितरण गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने
  • दशरथचन्द स्मृती क्रिकेटः निङ्गलाशैनी क्रिकेट क्लव च्याम्पियन
  • दशरथचन्द स्मृती क्रिकेट : उपाधीका लागी निङ्गलाशैनी र योङ्ग स्टार भिड्ने
  • दशरथचन्द स्मृती क्रिकेट : कालाशैनी सेमिफाईनलमा, बठ्ठा प्रतियोगिताबाटै बाहिरियो
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी