Facebook Twitter Google+
DHO

पाटनका दुई वडा घरमा हुने सुत्केरी शुन्य घोषणा

sakar0homedelivery

बैतडी, २३ माघ ।

पाटन नगरपालिकाको दुईवटा वडाहरुलाई आईतबार घरमा हुने शुन्य सुत्केरी (जेरो होम डेलीभरी) वडा घोषणा गरिएको छ ।

घरमा हुने सुत्केरी शुन्य घोषणाका लागि आवश्यक मापदण्ड पूरा भएपछि पाटन नगरपालिका वडा नम्बर १ र २ लाई घरमा हुने सुत्केरी शुन्य गाविस घोषणा गरिएको हो ।

घरमा हुने सुत्केरी शुन्य घोषणाका ८ ओटा सूचकहरु पूरा भएपछि ती वडाहरुलाई घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गरिएको हो ।

यी दुवै वडाहरुमा एकवर्ष यता सबै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा मात्रै सुत्केरी सेवा लिने गरेकाले घरमा हुने शुन्य सुत्केरी वडा घोषणा गरिएको सकार स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्रराज भट्टराईले बताउनुभयो ।

कार्यक्रममा बोल्दै ब्यबस्थापिका संसदका सांसद धना पहरीले शिक्षा र स्वास्थ्यमा पहुँच पुगे मात्रै समाजको विकास हुने बताउनुभयो । सांसद पहरी यस क्षेत्रको समगै विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले सकार स्वास्थ्य चौकीले गरेको कार्य उदाहरणीय भएको भन्दै अन्य ठाउँका सरकारी कार्यालयहरुले पनि सिको गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीले आगामी २०७४ असार मसान्त भित्र बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष अनुसार जिल्लामा पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन भईरहेको बताउनुभयो ।

यसैबीच कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी घोषणामा सहयोग पुर्याएको भन्दै सिधारेखाका प्रधान सम्पादक घनश्याम सागर पन्त, रेडियो निंगलाशैनी, रेडियो निंगलाशैनीका स्टेशन म्यानेजर भगीरथ अवस्थी, एभीन्यूजका सम्वाददाता लोकेश साउँद, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी लगायतलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा १५५ जना क्षयरोगी भेट्टिए
  • स्वास्थ्य बिमाबारे ग्रामिण क्षेत्रका नागरिक अनविज्ञ
  • श्वासबाट लसुनको वास्ना यसरी हटाउन सकिन्छ
  • स्वास्थ्य चौकीलाई जमीनदान
  • श्रीमतीको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान
  • बैतडीमा ४ जनाले स्वास्थ्यबीमाको सेवा लिए
  • विशालपुर पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा
  • पाटनका दुई वडा घरमा हुने सुत्केरी शुन्य घोषणा