Facebook Twitter Google+ Google+
DHO

पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

thumbAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, ६ फागुन ।

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ तथा प्रथम निर्वाचन दिवस २०७३ बैतडीमा भव्यताका साथ मनाईने भएको छ ।

बिहीबार बसेको कार्यालय प्रमुखहरुको बैठकले प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको संयोजकत्वमा जिल्ला स्तरीय मूल समारोह समिति गठन गरी विविध कार्यक्रम गरी मनाईने भएको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ तथा प्रथम निर्वाचन दिवस २०७३ को पुर्वसन्ध्यामा शुक्रबार पाटनमा दिउँसो ३ बजे पत्रकार, व्यापारी, राजनैतिक दलको संयुक्त टिम र कर्मचारीविच फुटवल प्रतियोगिता हुने प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो ।

फागुन ७ गते विहान जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिनुका साथै अस्पतालबाटै प्रभातफेरी गर्दै गोठलापानीमा जम्मा हुने र त्यसपछि गोठलापानी बजारमै बिहान ९ बजे प्रजातन्त्र र निर्वाचन बीच अन्तर सम्वन्ध विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

यस्तै फागुन ७ गते दिउँसो १ बजे जिल्ला कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गर्नुका साथै कैदीबन्दीलाई खेलकुद सामग्री समेत वितरण गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने