Facebook Twitter Google+ Google+
DHO

चनैराज माविको ३० औं बार्षिकोत्सव सम्पन्न

thumbAdvertise Here

भगीरथ अवस्थी,
बैतडी, २३ माघ ।

बैतडीको श्रीकोट गाविस वडा नं ७ मा रहेको चनैराज मावि श्रीकोटको ३० औं बार्षिकोत्सव कार्यक्रम शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पूर्वसभाषद नरेन्द्र कुवर प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका रमेश कोली, एमालेका देवराज जोशी, नेकपा माओवादी केन्द्रका नवराज भटट्, श्रोत व्यक्ति हरि नाथ बिशिष्ट अतिथी रहनु भएको थियो ।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यपाक कैलाश कुमार भट्टले ३९ लाख ३३ हजार ५५ बराबरको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विद्यालय शैक्षिक, भौतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बार्षिकोत्सव समरोहमा विद्यालय सञ्चालनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

यसका साथै विद्यालयका उत्कृष्ट छात्राछात्रहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । यस्तै बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

चनैराज माविमा गएको शैक्षिक सत्र देखि कृषि जेटिएको पढाई भइरहेको छ भने चालु शैक्षिक सत्रदेखि आइ एसी एजीको पनि पढाई शुरु भएको छ । विद्यालयमा २६९ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच पुर्याउनका लागि विद्यालयमा कृषि जेटिए र आइएस्सी एजीको पढाई शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग
  • किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर
  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै