Facebook Twitter Google+
DHO

सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : एनसिसी सेमिफाईनल नजिक, आयोजक बाहिरियो

thumb

विनोद सिंह विष्ट,
बैतडी, ९ माघ ।

बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू-१९ आमन्त्रण एकदिवसिय क्रिकेट प्रतियोगितामा निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाण्डौंले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाईनल नजिक पुगेको छ ।

आईतवार घरेलु मैदान देहिमाण्डौमा भएको लिग चरणको आफ्नो दोस्रो खेलमा खडक बोहराको उत्कृष्ठ प्रदर्शनले एनआरवाईसी बठ्ठालाई २४ रनले पाखा लगाउदै एनसिसी सेमिफाईनल नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको एनसिसिले खडक बोहराको ब्यक्तिगत ९२ रनको मद्दतले २८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदैँ २१८ रन बनाएको थियो । खडकले ६६ बलको सामना गर्दै २ छक्का र १५ चौकाको मद्दतले सतक बनाउनबाट ८ रनले चुकेका थिए भने दिपक बोहराले २३ रन जोडेका थिए ।

एनआरवाईसीका लागी प्रदिप चन्दले ४ तथा प्रकाश चन्दले २ विकेट हात पारेका थिए ।
२१९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एनआरवाईसी ३१ ओभरमा १९४ रन जोड्दा समेटियो । लक्ष्मण चन्दले सर्वाधिक ४१ तथा तिलक चन्दले २६ रन बनाएपनि हार टार्न सकेन । एनआरवाईसीको पारी ध्वस्त पार्ने खडक बोहराले सर्वाधिक ३ तथा भुपेस बोहराले २ विकेत हात पारेका थिए ।
व्यक्तिगत ९२ रन तथा ३ विकेट हात पारेका एनसिसीका खडक बोहरा म्यान अफ द म्याच घोषित भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

उता बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न लिग चरणको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लवसंग ६४ रनले पराजित भएर आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लव प्रतियोगितावाटै बाहिरिएको छ ।

टस जितेर ब्याटिङ्ग गरेको त्रिपुराले ३३ ओभरमा अलआउट हुदै २०० रन बनाएको थियो । त्रिपुराका प्रकास भट्टले ५७ तथा मुकेश मौनीले २२ रन जोडेका थिए भने एकेडेमीका विकास आग्रीले ४ विकेट हात पारेको थिए । २०१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एकेडेमीे १७ ओभरमा १३६ रनमा समेटियो ।

दिपेस चन्द र तेज बोहराले समान २७÷२७ रन बनाएपनि हार टार्न नसक्दा एकेडेमी प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको हो । एकेडेमीको पारी ध्वस्त पर्ने क्रममा म्यान अफ द म्याच भएका त्रिपुराका मुकेश मौनी एक्लैले ५ विकेट हात पारेका खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत सोमवार पनि दुई खेल हुने भएका छन । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने खेलमा त्रिलोचन क्रिकेट क्लवले एनआरवाईसी बठ्ठाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा दशरथचन्द एकेडेमीले जगन्नाथ क्रिकेट क्लबसंग प्रतिस्प्रर्धा गर्ने भएको छ।

सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टीमको सहभागिता छ । प्रतिष्ठानको २२ औं बार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एकदिवसिय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भईरहेको छ ।

बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने जनाएको छ । सहिद दशरथचन्द स्मृती प्रतिष्ठानले वि स २०५३ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीवाट उमेर समुहका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने
  • दशरथचन्द स्मृती क्रिकेटः निङ्गलाशैनी क्रिकेट क्लव च्याम्पियन
  • दशरथचन्द स्मृती क्रिकेट : उपाधीका लागी निङ्गलाशैनी र योङ्ग स्टार भिड्ने
  • दशरथचन्द स्मृती क्रिकेट : कालाशैनी सेमिफाईनलमा, बठ्ठा प्रतियोगिताबाटै बाहिरियो
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : एनसिसी सेमिफाईनल नजिक, आयोजक बाहिरियो