Facebook Twitter Google+ Google+
DHO

शहिद दशरथचन्द स्मृती यु-१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा एनसिसि विजयी

dashrathchand u-19Advertise Here

विनोद सिंह विष्ट,
बैतडी, ०९ माघ ।

शहिद दशरथचन्दको सम्झनामा बैतडीमा शनिवारदेखि शहिद दशरथचन्द स्मृती अन्डर नाईन्टीन आमन्त्रण क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

शनिवार भएको उद्घाटन खेलमा निङ्गलाशैनी क्रिकेट क्लव एनसिसि देहिमाण्डौं विजयी भएको छ । घरेलु मैदान देहिमाण्डौमा भएको खेलमा त्रिलोचन क्रिकेट क्लव गोठलापानीलाई ५८ रनले पाखा लगाउदै एनसिसिले सुखद सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ्ग गरेको एनसिसिले प्रकास नाथको ब्यक्तिगत ९४ रनको मद्दतले ३८ दशमलब ४ ओभरमा सबै बिकेट गुमाउदैँ २९३ रन बनाएको थियो ।

२९४ रनको बिजय लक्ष्यका साथ मैदानमा उत्रेको त्रिलोचनले ३८ दशमलव १ ओभरमा २३५ रनमा समेटियो । त्रिलोचनका लागी लोकेश चन्दले ब्यक्तिगत ११०रन बनाएपनि हार भन टार्न सकेन ।

उता बुढाबाजे खेल मैदानमा भएको पहिलो खेलमा आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लवलाई ५० रनले स्तब्ध पार्दै कालासैनी क्रिकेट क्लवले पनि विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको कालासैनीले २३ दशमलव १ ओभरमा अलआउट हुदै १३० रन बनाएको थियो । १३१ रनको बिजय लक्ष्य सहित मैदानमा उत्रेको एकेडेमीले १३ ओभरमा ८० रनमा समेटियो ।

प्रतियोगिता अन्र्तगत आईतवार पनि दुई खेल हुने भएका छन । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने समूह बी को लिग चरणको खेलमा एनसिसि देहिमाण्डौले एनआरवाईसी बठ्ठाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा समूह ए को लिग चरणको खेलमा दशरथचन्द एकेडेमीले त्रिपुरा क्रिकेट क्लवको सामना गर्ने भएको छ। शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टीमको सहभागिता छ ।

प्रतिष्ठानको २२ औं बार्षिकोत्सव तथा शहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एकदिवसिय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भईरहेको छ ।

बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने जनाएको छ ।

शहिद दशरथचन्द स्मृती प्रतिष्ठानले वि स २०५३ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीवाट उमेर समुहका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने