Facebook Twitter Google+ Google+
DHO

दशरथचन्द स्मृती क्रिकेट : कालाशैनी सेमिफाईनलमा, बठ्ठा प्रतियोगिताबाटै बाहिरियो

cricketAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, १२ माघ ।

कालाशैनी क्रिकेट क्लव बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू-१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।

मंगलवार बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न लिग चरणको खेलमा त्रिपुरा क्रिकेट क्लवलाई ३७ रनले पाखा लगाउदै कालाशैनीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको कालाशैनीले मदन चन्दको सर्वाधिक २६ रन बनाउदा २३ दशमलव २ ओभरमा १२७ रनमा समेटियो ।

बलिङमा त्रिपुराका मुकेश मौनीले ५ विकेट हात पारेका थिए । १२८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिपुरा २५ दशमलव १ ओभरमा ९० रनमा अलआउट भयो ।

प्रकास भट्टले सर्वाधिक ३० रन बनाएपनि हार टार्न सकेन । कालाशैनीका लागी ४ विकेट हात पारेका सन्तोस चन्द म्यान अफ द म्याच घोषित भएका खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

यता निङ्गलाशैनी खेलमैदान देहिमाण्डौंमा सम्पन्न अर्को खेलमा एनआरवाईसी बठ्ठालाई २०५ रनको बिशाल रन अन्तरले स्तब्ध पार्दै योङ्ग स्टार क्रिकेट क्लव मेलौलीले विजयी सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको योङ्ग स्टारले ३९ दशालव ५ ओभरमा ३४५ रनमा समेटियो । प्रकास सिंहको अविजित १४४ तथा दिपेन्द्र ऐरीको ४५ रन जोडेका थिए । बठ्ठाका लागी तिलक चन्द र प्रकास चन्दले समान दुई दुई विकेट हात पारेका थिए ।

३४६ रनको बिशाल लक्ष्य पन्छाउन मैदान उत्रेको बठ्ठा २१ दशमलव ४ ओभरमा १४० रनमा समेटिन पुग्यो । तिलक बोहराले ३३ रन बनाएपनि हार टार्न नसक्दा बठ्ठा लिग चरणका सबै खेलमा पराजित हुदै प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको छ ।

योङ्ग स्टारका प्रकास साँउद र प्रकास सिंहले दुई दुई विकेट हात पारेका थिए । प्रतियोगिताकै उच्च स्कोर बनाउदै अविजित ब्यक्तीगत १४४ रन तथा २ विकेट हात पारेका योङ्ग स्टारका प्रकास सिंह म्यान अफ द म्याच घोषित भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत बुधवार पनि दुई खेल हुने भएका छन । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने खेलमा योङ्ग स्टार क्रिकेट क्लव मेलौलीले त्रिलोचन क्रिकेट क्लवको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा जगन्नाथ क्रिकेट क्लबले त्रिपुरा क्रिकेट क्लवसंग प्रतिस्प्रर्धा गर्ने भएको छ ।

सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा माघ ८ गतेदेखि सञ्चालनमा रहेका प्रतियोगितामा ८ टीमको सहभागिता छ ।

प्रतिष्ठानको २२ औं बार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एकदिवसिय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भईरहेको छ ।

बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने जनाएको छ ।

सहिद दशरथचन्द स्मृती प्रतिष्ठानले वि स २०५३ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीवाट उमेर समुहका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने