Facebook Twitter Google+
DHO

दशरथचन्द स्मृती क्रिकेट : उपाधीका लागी निङ्गलाशैनी र योङ्ग स्टार भिड्ने

dcbaitadi

विनोद सिंह विष्ट,
बैतडी, १६ माघ ।

बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू १९ आमन्त्रण क्रिकेटको उपाधीका लागी निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) र योङ्ग स्टार क्रिकेट क्लव, मेलौली भिड्ने भएका छन ।

शनिवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लव, थालिगाडालाई ५३ रनले पाखा लगाउदै निङ्गलाशैनीले फाईनलको यात्रा तय गरेको हो भने कालाशैनी क्रिकेट क्लवलाई १३७ रनले स्तब्ध पार्दै योङ्ग स्टारले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो ।

बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेका निङ्गलाशैनीले ३२ दशमलव ५ ओभरमा १७१ रनमा अलआउट भयो ।

दिपक बोहराले ४६ तथा ऋषिकेश बोहराले २२ रन जोडेका थिए । जगन्नाथका हिमाल ऐरीले ४ विकेट हात पारेका थिए ।

१७२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ २४ दशमलव ४ ओभरमा ११८ रनमा समेटियो । किशोर चन्दले सर्वाधिक ३० रन बनाएपनि हार टार्न नसक्दा सेमिफाईनलबाटै घर फर्किन बाध्य भएको हो ।

जगन्नाथको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएका निङ्गलाशैनीका ऋषिकेश बोहराले ५ विकेट हात पारेको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

यस्तै निङ्गलाशैनी खेल मैदान, देहिमाडांैमा सम्पन्न दोस्रो सेमिफाईनल टस जितेर ब्याटिङ गरेको योङ्ग स्टार क्रिकेट क्लवले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतीमा ३०७ रन बनाएको थियो । प्रकास सिंहले ब्यक्तिगत १३७ तथा विपीन विष्टले ५१ रन जोडेका थिए ।

कालाशैनी हिमान्सु चन्द र सन्तोस चन्दले समान दुई दुई विकेट हात पारेका थिए । ३०८ रनको बिशाल लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी १९ दशमलव २ ओभरमा सम्पुर्ण विकेट गुमाउदै १७० रन बनायो । नरेन्द्र चन्दले सर्वाधिक ४२ रन जोडेपनि खेल आफ्नो पक्षमा पार्न नसक्दा सेमिफाईनलबाटै बाहिरिएको हो ।

कालाशैनीको पारी सस्तैमा समेट्न प्रकास सिंहले ४ तथा विपीन विष्टले २ विकेट हात पारेका थिए । ब्यक्तीगत १३७ रन तथा ४ विकेट लिएका योङ्ग स्टारका प्रकास सिंह म्यान अफ द म्याच घोषित भएका स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो ।

उपाधीका लागी आईतवार बुढाबाजे खेलमैदानमा योङ्ग स्टार क्रिकेट क्लव र निङ्गलाशैनीले क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्ने भएका छन ।

सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितियलाई नगद २५ हजार र म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

माघ ८ गतेदेखि सहिद दशरथचन्दको सम्झनामा जारी प्रतियोगिता एक दिवसीय फरम्याट अनुसार भईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने
  • दशरथचन्द स्मृती क्रिकेटः निङ्गलाशैनी क्रिकेट क्लव च्याम्पियन
  • दशरथचन्द स्मृती क्रिकेट : उपाधीका लागी निङ्गलाशैनी र योङ्ग स्टार भिड्ने
  • दशरथचन्द स्मृती क्रिकेट : कालाशैनी सेमिफाईनलमा, बठ्ठा प्रतियोगिताबाटै बाहिरियो
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : एनसिसी सेमिफाईनल नजिक, आयोजक बाहिरियो