दशरथचन्द स्मृती क्रिकेटः निङ्गलाशैनी क्रिकेट क्लव च्याम्पियन

मा प्रकाशित


विनोद सिंह विष्ट
बैतडी, १७ माघ ।

बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू १९ आमन्त्रण क्रिकेटको उपाधी निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) ले हात पारेको छ ।

आईतबार सम्पन्न फाईनल खेलमा योङ्ग स्टार क्रिकेट क्लव, मेलौलीलाई ४८ रनले स्तब्ध पार्दै एनसिसीले उपाधी हात पारेको हो ।

बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेका निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको नटआउट ११४ रनको मद्दतले ३ विकेटको क्षतीमा २७५ रन बनायो ।

२७६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको योङ्ग स्टार ३५ दशमलव ३ ओभरमा २२७ रन बनाउदा समेटियो । योङ्ग स्टारका प्रकास साउदले ६९ रन बनाएपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपर्यो ।

च्याम्पियन भएसंगै निङ्गलाशैनीले ५० हजार उपविजेता योङ्ग स्टारले २५ हजार पुरस्कार पाए । यस्तै प्रतियोगिताभर ३२७ रन तथा १२ विकेट हात पारेका योङ्ग स्टारका प्रकास सिंह म्यान अफ द सिरीज भएसंगै ५ हजार पुरस्कार पाए ।

विजयी टोलीलाई आयोजक सहिद दशरथचन्द स्मृती प्रतिष्ठानका अध्यक्ष शेर सिंह रावल, जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले पुरस्कार दिए । सहिद दशरथचन्दको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!