Facebook Twitter Google+ Google+
DHO

‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

Advertise Here

अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिनुभएको छ ।

सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमित रुपमा ट्वीटर मार्फत टिप्पणी गर्ने गरेका छन् । तर ट्रम्पको विचार अब व्यक्तिगत मात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले नियन्त्रण कायम गर्नु पर्ने सिआइए प्रमुख ब्रेननको भनाई छ ।

कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाई वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने ब्रेननले बताउनुभयो ।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार उहाँको व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन उहाँले चेतावनी दिनुभएको हो । बयानबाजीले राष्ट्रिय हितको रक्षा नगर्ने उहाँको भनाइृ छ । अमेरिकी चुनावमा रुसले प्रभावित गर्ने प्रयास गरेको सम्बन्धी गुप्तचर विभागको प्रतिवेदन सार्वजनिक भएको एक हप्तापछि ब्रेननको यस्तो भनाई आएको हो ।

फक्स न्युजसँगको अन्तर्वाताको क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटर मार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताउनुभयो । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा शपथ लिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’