काश्मिरमा भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु

मा प्रकाशित


२५ पुस ।

भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि आक्रमण भएको छ । आक्रमणमा तीन जना भारतीय सैनिकको ज्यान गएको छ ।

अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो । आक्रमणकारी फरार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो आतंककारी आक्रमण रहेको भारतीय अधिकारीको भनाई छ । तर सेनाले यस विषयमा औपचारिक रुपमा केहि भनेको छैन । सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!