वुडरमा एकिकृत धुम्ती शिविर सुरु

मा प्रकाशित


कमला कुवर,
डोटी, २७ मंसिर ।

डोटीको छत्तिवन गाविसको बुडरमा सोमबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले सदरमुकाम देखी टाढाको दुरीमा रहेका गाविसका सर्वसाधारणलाई घरदैलोमा सरकारी सेवा सुविधा पु¥याउने उदेश्यले एकिकृत घुम्ती शिविर संचालन गरिएको हो ।

आज र भोली सम्म संचालन हुने शिविरमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले छत्तिवन, घण्टेश्वर, लक्ष्मीनगर, सरस्वतिनगर लगायतका गाविसका सर्वसाधारणहरुलाई सदरमुकामबाट प्रवाह हुने सेवा सुविधा एकिृकत घुम्ती शिविरबाट दिन सुरु गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण,फोटो सहितको मतदाता नामावली संकलन, जिल्ला कृषि कार्यालयले कृषि सेवा, महिला तथा बालबालीका कार्यालयले शिविरमा अपांगता भएका भएका व्यक्तिहरुलाई अपांगता परिचय पत्र वितरण गर्नेछन । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य परिक्षण सेवा, जिल्ला मातपोत कार्यालयले जग्गा राजीनामा, नामसरी, सट्टापट्टा, प्रतिलिपि लगायतका सेवा दिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले नागरिकता वितरण गरि फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउनका लागी सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवा सुविधाहरु निशुल्क रुपमा वितरणका लागी घुम्ती शिविर सुरु गरेको जानकारी दिनुभयो ।

कर्मचारी र जनताको सम्वन्ध सुमधुर बनाउँदै ग्रामीण भेगका सर्वसाधारणलाई राज्यको उपस्थीती भएको अनुभुती गराउन शिविरले महत्वपुर्ण भुमीका निर्वाह गर्ने बताईएको छ । शिविरमा आइ सेवा लिन पनि जिल्ला प्रशासन कार्यालय डोटीले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!