Facebook Twitter Google+ Google+
DHO

महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई

Advertise Here

ईन्द्रसरा खड्का,

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि हिंसा रहित समाज’ भन्ने नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । के यसले सार्थकता पाएको देख्नुहुन्छ तपाई ? कति बर्ष भयो यस्तो अभियान सुचारु गरेको ? यसको बारेमा भनीरहनु पर्दैन तर मेरो बिचारमा यो नारा नारमै सिमीत रहेको जस्तो पाईन्छ ।

भन्नेहरु भन्लान नेपालमा राष्ट्रपती महिला, सभामुख महिला मुख्य मुख्य पदमा महिला नै महिला अब महिलाले महिलाको अधिकार प्राप्त गरीसक्यो भनेर तर खोई समाजमा महिलाले आप्नो हक अधिकार पाएको खोई समाजमा महिलाहिंसाको अन्त्य भएको हुन त म त्यस्तो कुनै न्याय दिलाउने ओकिल पनि हैन न सत्य तथ्य छुट्याउने कुनै त्यस्तो ब्यत्ती म त समान्य एउट गाउको छोरीमान्छे, छोरीले राम्रोसंग समाजमा गएर सत्य तथ्यका बारेमा बोल्न नहुने समाजको छोरी, बाहिर गएर कुनै ठाउमा काम गर्न नहुने समाजको छोरी छाउभएपछि ८ दिन छाउपडि गोडमा बस्नु पर्ने समाजको छोरी मलाई के थाह हुन्छ यस्तो बारेमा तर पनि म यस्तो समाजमा जन्मेकै भएपनि ग्रामिण स्तरबाटै समाजलाई केहि परिबर्तन गर्नु पर्छ त्यसको लागी हामी युवायुवतिले नै केहि गर्नु पर्छ भनेर आवाज उठाउन सक्ने आफुमा क्षमता भएर पत्रकारीता पेशामा लागेकाले आज मैले यति सम्म बोल्न सक्ने भएकी छु खुसि पनि लाग्छ कहिले काहि तर दुख पनि उत्तीकै लाग्छ म जस्तै हाम्रो दिदीबहिनीहरु अझै बाध्यछन अन्धकारमा बस्न अझै बाध्य छन् छाउ भएकै कारण छाउपडि गोठमा बस्न के उनिहरुका लागी यो महिला हिंसा बिरुद्धको अभियानले केहि गर्न सक्तैन ? किन ? हुन त हाम्रो समाजमा, हाम्रो गाउठाउमा अन्धबिश्वास अझै छ ।

रुढिबादि परम्परा अझै कायमै छ म मान्छु तर महिलाको क्षेत्रमा काम गर्ने संघसस्था पनि त उतिकै छन् किन आखीर यसको अन्त्य हुन सकेको छैन ? यसको बारेमा कसैको ध्यान गएको छ ? अह छैन किन जान्छ ठुलाबडाको ध्यान ति बिकट बस्तीमा उनिहरुलाई पनि त जनताको आखामा छारो फालेर पैसा खानु छ आफु अघी बढ्नु छ आफु धनी बन्नु छ यति त हो मैले बढि नै भने होला तर मलाई लाग्छ यो कुरा मेरो नजरमा त्यस्तो कुनै बढि नै होईन हाम्रो जिल्लामा काम गर्ने संघ सस्थाले गरेको काम देखेर र यो अभियान चलिरहेको बेला नै मैले यस्तो कुरा गर्न बाध्य भएको हु मेरो परचिय भन्नु पर्दा अछाम जिल्लाको बिकट गाबिस षेडशादेबि वडा नम्बर ८ मा मेरो घर हो म पेशाले आफुलाई पत्रकार भनेर चिनाईरहेकी छु मैले २०६८ सालमा रेडियो रामारोशन ९२ मेगाहर्जबाट आप्नो यात्रा सुभारम्भ गरे त्यसपछि मैले थाह पाए हाम्रो अछाम जिल्लामा महिलाको अवस्था कस्तो छ ।

अहिले म छिमेकि जिल्ला बैतडीको रेडियोमा काम गरीरहेको छु । १ बर्षको अबधिमा मलाइ अछामको भन्दा दयनिय स्थीती बैतडीका महिलाहरुको लागीरहेको छ । महिला भित्रैपनी दलीत महिला त्यो भित्रै पनी मुक्तहलीयाको अवस्था दयनिय पाएको छु । महिलाको क्षेत्रमा काम गर्ने थुप्रैसंघसस्था त बैतडीमा पनी नभएका होइनन् । अनि महिलाको क्षेत्रमा काम गर्ने संघ सस्था कति छन र तिनले के काम गरीरहेका छन् अनी त्यसको प्रभाब महिलामका कत्तिको परीरहेको छ । तर मेरो बिचारमा लाग्यो जति पनि संघ सस्थाले काम गर्छ सदरमुकाम केन्द्रीत यातायातका साधन पुगेको ठाउमा केन्द्रीत किन यस्तो त आखीर मलाई लाग्यो र मैले बिचार गरे बुझे अनुसार हुनेखाने जान्नबेझने महिलाहरु पुरुषहरु सदरमुकाम र यातायातका साधन पुगेको बजारमा केन्द्रीत छन् त्यसैले के महिला हिंसा बिरुद्धको १६ दिने अभियानले यस्तै महिलाहरुलाई मात्र केन्द्रीत गरेर यो अभियानको सुरुवात गरेको हो त ? नभए किन ति ग्रामिण स्तरका गाउ गाउमा त्यो अभियान किन पुग्दैन  ?

यसते प्रश्न गर्दा सायद महिलाको क्षेत्रमा काम गर्ने महिला हिंसा बिरुद्ध काम गर्दै आएका महिला अधिकारकर्मिहरु पनि दिन सक्दैनन् किन ? उनिहरुलाई थाह छैन महिला कसरी किन हिंसामा परेका छन् , अझै बाध्य छन् हाम्रो ग्रामिण स्तरका महिला दिदी बहिनी आत्मा हत्या गर्न , अझै छन् छाउपडि गोडमा बाल्तकृत हुन अझै बाध्य छन दुर्व्यवहार सहन अझै बाध्य छन् ।

यसको अन्त्यका लागी चाहि कसले काम गर्ने समाजमा ग्रामिण स्तरमा यस्ता घट्ना बढिरहदा सदरमुकाम केन्द्रीत कार्यक्रमहरु रयालीजुलुस निकालेर समस्याको समाधान होला त ? म अहिले छिमेकी जिल्ला बैतडिमा पत्रकारीता गरीरहेको छु यहाको समस्या हेर्दा अछामको भन्दा दर्दनाक छ भ्यानक छ आफु हिंसामा पर्दा अदालतमा गएर न्याय समेत पाउन नसकेको अवस्था छ ।

आप्नै श्रीमान सासु, ससुरा नन्दबाटै एउटा महिला पिडीत हुन्छ मर्नु न बाच्नुको दोसाधमा आप्नो जिब गुजारी रहेको अवस्थामा उनले नै अझै सम्म न्याय पाई रहेकी छैनन् भने किन यस्तो अभियान चलाई राख्नु परयो किन ? फेरी घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि हिंसा रहित समाज भन्ने नारा राखीएको छ आउ नारा हेर्देमा कति राम्रो तर यसको ब्याभार कतीको छ भन्ने कुराको खोजी गर्न आवश्यक छ ।

मैले फेरी यो नारामा पनि केही कुरा राख्न चाहे घर शान्ती नै बिश्व शान्तीको अधार एदि कुनै महिला आप्नै घरबाट हिंसा पिडीत छे उसले खान पाएकि छैन लाउन पाएकि छैन, बस्न पाएकि छैन, उसले आप्नो घरबाट अपहेलीत भएर समाज बाट नै अपहेलीत हुनु परेको छ भने यो नाराको महत्व के ?

अन्त्यमा मेरो भनाई के छ भने यदि महिला हिंसा बिरुद्धको अभियान चलाउने हो भने सहरबजारमा केन्द्रीत हैन, जानुस ग्रामीण स्तरका बस्ती बस्तीमा गएर जनचेतना फैलाउनुस बुझनुस, सम्झाउनुहोस महिला अधिकारकर्मी अथवा महिलाको क्षेत्रमा काम गर्ने संघ सस्थाहरु, अनी नारा रायली जुलुस लगाएर यसको अन्तइ हुदैन सक्नुहुन्छ भने अन्तरक्रिया समेतका कार्यक्रमहरु सञ्चालन गर्नुस, अनी समाजमा जान्ने बुझने मान्छेलाई हैन जसले समाजको सामु गएर मान्छेको मुखमा आप्नो सोझो मुख लगाएर बोल्न सक्दैनन् ।

हो त्यस्ता महिलाहरुलाई बुझाउनुहोस मञ्चमा भाषण ठोक्नेलाई हैन अन्त्यमा यो अभियान गत बर्षको जस्तै हैन केहि समाजमा परिर्बतन गर्ने खालको रहोस, समाजमा महिलामाथि हुने हिंसाको अन्त्यहोस भन्दै अभियान सक्रीयाताका साथ अघि बढोस र यसमा आप्नो ठाउबाट मैले पनि सहयोग गर्ने छु।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नीति र नियति : कानुनको दुर्गति
  • कर्मचारीलाई आदेशले होइन कानुनले चलाउनुपर्छ
  • मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ
  • ओलीको तिब्बत भ्रमण : प्रचण्ड भ्रमणकै दोस्रो भाग ?
  • लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट
  • ‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी
  • प्रतिगमन कि ऐतिहासिक निर्वाचन, फैसला जनताको
  • प्रजातन्त्र दिवस र यसको सार्थकता