Facebook Twitter Google+ Google+
DHO

डेउडामा उदाएका सौराडीको “हिट चम्पा न्याउली” बजारमा

sagarAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, २७ मङसिर ।

“बस मायालु बस” वाट चर्चा कमाउन सफल चर्चित कुमाउनी तथा लोक डेउडा गायक सागर भण्डारी (सौराडी) को अर्को नौलो डेउडा गीत “हिट चम्पा न्याउली” बजारमा आएको छ ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसका २७ बर्षिय युवा गायक सौराडीको बजारमा आएका डेउडा गीतले एक पछी अर्कोले बजार तताईरहेका छन ।

गएको महिना कात्तिकमा मात्र बजारमा आएका निकै नै चर्तित डेउडा गीत बस मायालु बस बजारमा आएको एक महिना नपुग्दै फेरी अर्को डेउडा गीत हिट चम्पा न्याउलीले बजार तताउने पक्का छ ।

गायक सागर भण्डारी (सौराडी) र बिर साउँद सौराडीको संयुक्त कोशेली हिट चम्पा न्याउलीमा बिषेश गरी श्रीमान श्रीमतीको पे्रम सम्वन्धलाई जोडेको छ । यसका साथै चैतको महिनामा श्रीमतीले माईत जान नपाएको अवस्थामा संगै माईत जाउ भनि गीत मार्फत सन्देश दिईएको छ ।

देवताल म्युजिक मुभीको प्रस्तुतीमा सागर भण्डारी सौराडी र राधिका हमाल पुनको स्वरमा सजिएको उक्त गीतमा शब्द संगीतमा सागर भण्डारी सौराडी, महेश कुमार औजी र सोना भण्डारीले साथ दिनुभएको छ ।

बिषेश सहयोगीमा गायक सुरेश शाही , उद्योगपती नरेन्द्र भाट , युवानेता तथा समाजसेवी तेज बहादुर चन्द रहेका छन । यस्तै सञ्चारकर्मी विनोद सिंह विष्ट, नरी बडु, पदम जोरा, प्रकाश कलौनी लगायतको समेत बिषेश सहयोग रहेको छ ।

१७ बर्षको हुदा कुँमाउनी गीत “होली आये हे ” वाट गीत गाउन सुरुवात गरेका सौराडीले “ चौमासकी बर्खा” कुँमाउनी गीतवाट निकै चर्चा कमाएका थिए ।

बाल्यकालदेखिनै गीतसंगीतर्फ रुची राख्ने उँहाले करिव ४ दर्जन बढी कुँमाउनी गीतमा स्वर दिईसकेका छन । पछिल्लो समय डेउडामा उदाएका सौराडीको हाल घर भारतको उत्तराखण्डको खटिमा(चकरपुर) रहेको छ ।

वि स २०६९ सालमा चर्चा कमाएको कुँमाउनी गीत चौमासकी बर्खा पछी प्यारकी लिफ्टमे दिल देदे गिफ्टमे बोलको गीतले पनि निकै बजार पाएको थियो ।

भारतको उत्तराखण्डको लोक भाका कुमाउनी गाएर त्यस क्षेत्रका श्रोतामाझ लोकप्रिय सौराडीको भारतको उत्तराखण्डमा पनि निकै चर्चा हुने गरेको छ ।

४ बर्ष पहिला लोक तथा डेउडा गीत “घुटघुट बाडुली” वाट डेउडा गीत गाउन सुरु गरेका सौराडीको उक्त पहिलो गीतले पनि बजार पाएका थिए ।

त्यसपछी निकै चर्चा तथा बजार पाएको साई मेरा परदेश छन जन बासई पातलकी न्याउली ले युवा गायक सौराडीलाई डेउडा गीतले थप हौसाला पुर्याएको थियो ।

साई मेरा परदेश छन गीतले पाएको बजारले सौराडीलाई डेउडा गीत गाउनमा थप हौसाएपछी अर्को डेउडा गीत स्वर्गकी अप्सरा र लागली नजर बोलको लोक डेउडा गीत बजारमा ल्याएपछी उहाँलाई झनै चिनाएको हो ।

स्टेज प्रोग्रामलाई समेत तताउने सागर भण्डारी (सौराडी) का बजारमा आएका एकपछी अर्को लोक तथा डेउडा गीतले चर्चा कमाउन सफल भएका छन ।

अहिले बजारमा आएको डेउडा गीत “हिट चम्पा न्याउली” लाई पनि अरु गीत जस्तै माया गरीदिनुहुन उहाँले आग्रह गर्नुभएको छ ।
बाल्यकालदेखिनै भारतमा बस्दै आएका सौराडीले रानीखेतवाट १२ कक्षा पास गर्दै कुमाँउ विश्वविद्यालयवाट स्नातकोत्तर पास गरिसकेपछी डेउडा गीतमा उदाएका छन ।

यस्तै सागर भण्डारी (सौराडी)को केही दिनमैै “ मुई अभागी परदेश” बोलको ठाडी भाका बजारमा आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक
  • अप्सन अाए नयाँ म्युजिक भिडियोमा
  • केपी ओली चलचित्रको हिरो बन्ने
  • डेउडामा उदाएका सौराडीको “हिट चम्पा न्याउली” बजारमा
  • दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए