DHO

कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

thumb

भगीरथ अवस्थी,
बैतडी, २५ मङ्सिर ।

राष्ट्रिय कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

देहीमाण्डौंमा सम्पन्न अधिवेशले फुनीसिंह बोहराको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवदत्त भट्ट, सचिवमा पार्वती बोहरा, कोषाध्यक्षमा गोमा कार्की लगायत अन्य सदस्यहरु रहेका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ तदर्थ समिति बैतडीका अध्यक्ष फुनीसिंह बोहराको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय सदस्य अनिता मडै प्रमुख अतिथी रहनु भएको थियो ।

आजै चयन भएको महासंघको नयाँ कार्यसमितिले जिल्लाभरी रहेका कृषक समूहहरुलाई राष्ट्रिय कृषक समूह महासंघको छाताभित्र ल्याउनका लागि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालयबाट समूह मार्फत सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पहल गर्ने निर्णय समेत गरेको राष्ट्रिय कृषक समूह महासंघ बैतडीका अध्यक्ष फुनीसिंह बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो
  • अज्ञात रोगले बैतडीमा पाँच गाई मरे
  • डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै
  • कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
  • कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउनका लागि पैरवी
  • बीउ प्रवर्द्धन सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न
  • भैसी प्रबर्धन कार्यक्रम सञ्चालन हुने