Facebook Twitter Google+ Google+
DHO

भैसी प्रबर्धन कार्यक्रम सञ्चालन हुने

thumbAdvertise Here

भगीरथ अवस्थी,
बैतडी, ३० कार्तिक ।

बैतडीमा भैसीपालक किसानहरुको संख्या घट्दै गएपछि जिल्ला पशु सेवा कार्यालयले भैसी पालन तर्फ किसानहरुलाई आकर्षण गराउनका लागि भैसी प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

पछिल्लो समयमा भैसी लोप हुने अवस्थामा पुगेपछि भैसीपालन व्यवसाय तर्फ आकर्षण गराउन भैसी प्रबद्र्धन कार्यक्रम शुरु गर्ने तयारी भएको जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका सूचना अधिकृत शिवराज भट्टले जानकारी दिनुभयो ।

पाटन, दशरथचन्द नगरपालिका र हाट क्षेत्रमा २० जनाको समूह गठन गरि सामुहिक रुपमा भैसीपालन व्यवसायलाई अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

खोरेत रोग र भैसी तस्करहरुका कारण भैसी लोप हुँदै गएपछि भैसी प्रबद्र्धन कार्यक्रम मार्फत भैसी पालन व्यवसायमा आकर्षण गराउन खोजिएको जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीले जनाएको छ ।

भैसी प्रबद्र्धन कार्यक्रम अन्तर्गत गोठ सुधार र दुधका भाँडाहरुका लागि अनुदान दिने तयारी भएको हो । चरन क्षेत्रको अभाव, भैसी पालनका लागि बढी मिहनेत गर्नुपर्ने, बाँझो भैसीहरुको समेत तस्कारहरुले बढी मूल्यमा किन्न थालेपछि भैसी पाल्ने किसानहरुको संख्या निकै कम भएको छ ।

कुनै बेला भैसीको घिउका लागि प्रसिद्ध बैतडीमा भैसी पालन व्यवसाय नै धरापमा परेपछि घिउ समेत पाउन छोडेको छ । भैसी पालन खेतबारीको मलका लागि पनि उत्तिकै राम्रो र दुधजन्य उत्पादनका लागि पनि राम्रो भएकाले यस तर्फ किसानहरुको आकर्षण गराउन आवश्यक रहेको जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले जानकारी दिनुभयो ।

भैसी तस्करहरुलाई नियन्त्रण गर्नका लागि नियमनकारी निकाय बनाइ भैसी तस्करी रोक्नुपर्नेमा पनि पशु प्राविधिकहरुले जोड दिएका छन् ।

पहिला एउटै घरमा १० ओटा सम्म भैसी हुने गरेको भएपनि अहिले एकघरमा मुस्किलले पाइने गरेको छ । त्यो पनि कुनै कुनै घरमा मात्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डडेल्धुराको भागेश्वरमा बदेल आतंक
  • वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ
  • असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने
  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो
  • अज्ञात रोगले बैतडीमा पाँच गाई मरे
  • डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै