Facebook Twitter Google+
DHO

बीउ प्रवर्द्धन सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न

thumb

भगीरथ अवस्थी,
बैतडी, १३ मङ्सिर ।

बैतडीको सिद्धपुरमा रहेको सिद्धपुर बीउ प्रबद्र्धन सहकारी संस्थाले हिजो सार्वजनिक सुनुवाई गरेको छ । सहकारी संस्थाले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा सञ्चालन गरेको सिद्धपुर तरकारी बीउ तथा बजारीकरण उपआयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष उद्धवराज पन्तको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सिद्धपुर गाविसका सचिव डम्मरदत्त पन्त प्रमुख अतिथी रहनु भएको थियो । २०६३ सालमा स्थापना भएको सहकारी संस्थाले आफ्ना समूहका किसानहरुले उत्पादन गरेको तरकारी बीउलाई संकलन गर्दै विक्रि वितरण गर्दै आएको छ ।

सार्वजनिक सुनुवाईमा साना तथा मझौला कृषक वृद्धि आयोजनाको सहयोगमा सञ्चालित कार्यक्रमको बारेमा संस्थाका अध्यक्ष उद्धवराज पन्तले जानकारी गराउनुभयो ।

उपआयोजना अन्तर्गत थ्रेसिंग फलोर, सिंचाइ पोखरी, विभिन्न औजार तथा उपकरण खरीद गरेको उहाँले जानकारी दिनुभयो । यस्तै किसानहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले सहकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमले बीउ उत्पादनमा लागेका किसानहरुलाई सजिलो भएको बताएका छन् ।

सार्वजनिक सुनुवाईमा बोल्दै साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका कार्यक्रम संयोजक यज्ञराज भटट्ले आयोजनाले किसानहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गरिरहेको बताउनुभयो ।

आयोजना अन्तर्गत प्राप्त सहयोगलाई निरन्तरताका लागि सम्बन्धित संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सिद्धपुर बीउ प्रवद्र्धन सहकारी संस्थाले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको २४ लाख ९० हजार ३०७ रुपैया अनुदान र २३ लाख ३३ हजार ५५२ रुपैयाको स्वलगानिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो
  • अज्ञात रोगले बैतडीमा पाँच गाई मरे
  • डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै
  • कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
  • कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउनका लागि पैरवी
  • बीउ प्रवर्द्धन सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न