दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए

मा प्रकाशित


लुट २ को ठमेल बजार बोलको गीत अहिले निकै चर्चामा छ ।

यहि गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ । त्योसँगै एलिशाको व्यस्तता पनि निकै बढेको छ ।

उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढीरहेको छ । ठमेल बजारमा मनमोहक नृत्य प्रस्तुत गरेकी एलिशा पछिल्लो समय चर्चामा रहेका भिमफेदी गाइजसँग देखिएकी छिन् ।

म परे झापाली बोलको गीतमा उनले भिमफेदी गाइजसँग अभिनय गरेकी छिन् । निर्मल लामाको कोरियोग्राफी रहेको उक्त गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।

निकै रमाइलो गीतमा एरिक गिरी र जुना प्रसाईँको स्वर रहेको छ भने एरिक गिरीकै शब्द र संगीत रहेको छ ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!