Facebook Twitter Google+ Google+
DHO

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी

trumpAdvertise Here

अनपेक्षित परिणाम ल्याएर डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

विभिन्न सर्वेक्षण र अनुमानलाई गलत साबित गर्दै ट्रम्प डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

विभिन्न मिडियाले ट्रम्पले राष्ट्रपति चुनाव जितेको घोषणा गरिसकेका भए पनि यसको आधिकारिक घोषणा भने हुन बाँकी नै छ । ट्रम्पको पछिल्लो मतपरिणाम २७६ इलेक्टोरल छ ।

राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरिसकेका छन् । पछिल्लो परिणामअनुसार विस्कन्सिनमा जितेपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका हुन् ।

अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले देखाएका छन् ।

गोरा अमेरिकी पुरुष, कलेज नपढेकाहरुले ठूलो संख्यामा ट्रम्पलाई भोट हालेपछि उनको जित सुनिश्चित भएको मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
  • भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित
  • भारत-पाकिस्तान युद्धमा पिता गुमाएकी गुरमेहरले लेखिन् यस्तो हृदयस्पर्शी सन्देश
  • उत्तराखण्डसंग जोडिएका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द
  • ‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’
  • काश्मिरमा भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु
  • डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी
  • हिटलरको जन्मघर भत्काउने तयारी