Facebook Twitter Google+ Google+
Dipawali
DHO

कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउनका लागि पैरवी

thumbAdvertise Here

भगीरथ अवस्थी,
बैतडी, १५ मङ्सिर  ।

स्थानीय निकायको १५ प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनुपर्ने बैतडीका किसानहरुले माग गरेका छन् । सरकारले २०६८ साल असोजमा मन्त्रीस्तरीय निर्णय अनुसार कृषि क्षेत्रमा १५ प्रतिशत स्थानीय निकायको बजेट छुट्याउने गरिएको भएपनि सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नभएको उनीहरुले बताएका छन् ।

कृषि क्षेत्रमा जिविस, गाविस तथा नगरपालिकाको बजेट विनियोजन गर्नका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको ग्रामिण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । गएका बर्षहरुमा कृषि क्षेत्रमा बजेट छुट्याउनका लागि पहल गरेको र गाविसहरुले कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउन थालेको उहाँले बताउनुभयो ।

बजेट छुट्याएका गाविसका किसानहरुलाई बजेटको उपयोगिता र बजेट नछुट्याएका गाविसका किसानहरुलाई बजेट छुट्याउनका लागि अभिमुखीकरण गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिनुभयो ।

५ गाविसका किसानहरुलाई आफूहरुले बजेट छुट्याउने बारेमा अभिमुखीकरण गरेको उहाँले बताउनुभयो । किसानहरुका हक अधिकार सुनिश्चित गर्नुका साथै सम्भावित खाद्य संकटलाई न्यूनीकरणका लागि कृषि क्षेत्रमा बजेट छुट्याउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले २०६८ साल असोज २ गते मन्त्रीस्तरीय निर्णयबाट सबै स्थानीय निकायलाई कृषि क्षेत्रमा बजेट छुट्याउन परिपत्र गरेको भएपनि सबै ठाउँमा त्यो लागु हुन सकेको छैन् ।

सरकारले गरेको निर्णयका बारेमा किसानहरुलाई जानकारी दिनका लागि आफूहरुले अक्सफामको सहयोगमा पैरवी गरिरहेको रुडेसका कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने
  • टमाटरको अभाव, व्यापारीको मनपरी भाउ, उपभोक्ता मारमा
  • डडेल्धुराको भागेश्वरमा बदेल आतंक
  • वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ
  • असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने
  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो