Facebook Twitter Google+ Google+
Dipawali
DHO

करोड क्लबमा जात्रा

thumbAdvertise Here

काठमाडौँ, २ मङ्सिर ।

चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो ।

चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् ।

मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ ।

दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताएका छन् ।

समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म भोलीदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक
  • अप्सन अाए नयाँ म्युजिक भिडियोमा