Facebook Twitter Google+
DHO

हिटलरको जन्मघर भत्काउने तयारी

hitlars-house

२ कात्तिक ।

अस्ट्रियाको सरकारले जर्मन तानाशाह एडोल्फ हिटलको जन्मघर भत्काउने तयारी गरेको छ ।

अस्ट्रिया र जर्मनीको सीमा नजिक रहेको हिटलरको जन्मघर ‘ब्रनाउ एम इन’ भत्काउने तयारी भएको हो । यो घरको तल्लो तला धर्मशालको रुपमा थियो भने माथिल्लो तलामा हिटलरको परिवार भाडामा बस्थे ।

त्यही घरको एक कोठामा सन् १८८९ को अप्रिल २० मा हिटलरको जन्म भएको थियो । नाजी शासनको क्रममा यो घरलाई हिटलरको स्मारक बनाइएको थियो ।

तर सन् १९४४ मा नाजी शासनको अन्त्य भएपछि यसलाई बन्द गरिएको थियो । नाजीहरुले यसलाई पवित्र स्थलको रुपमा लिने गरेका छन् ।

अस्ट्रियामा यो घरको विषयमा विवाद हुँदै आएको छ । घरको विषयमा यसका मालिक र सरकारबिच विवाद छ ।

यही कारणले अस्ट्रियाको संसदले हिटलरको जन्मघर भत्काउने सम्बन्धी नयाँ कानुन पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • भारत-पाकिस्तान युद्धमा पिता गुमाएकी गुरमेहरले लेखिन् यस्तो हृदयस्पर्शी सन्देश
  • उत्तराखण्डसंग जोडिएका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द
  • ‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’
  • काश्मिरमा भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु
  • डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी
  • हिटलरको जन्मघर भत्काउने तयारी
  • भारतको एक अस्पतालमा आगलागी
  • थाइल्याण्डका राजा भूमिबोलको निधन