DHO

भारतको एक अस्पतालमा आगलागी

sumhospital

२ कात्तिक ।

भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ ।

भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो । अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।

आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो ।

आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई निजकैको अरु अस्पतालमा लगिएको छ । सातवटा दमकल र एक सय २० जना अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफू दुखी भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • ‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’
  • काश्मिरमा भारतीय सेनामाथि आक्रमण, तीन जनाको मृत्यु
  • डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी
  • हिटलरको जन्मघर भत्काउने तयारी
  • भारतको एक अस्पतालमा आगलागी
  • थाइल्याण्डका राजा भूमिबोलको निधन
  • काश्मिर तनाव : दुई बिद्रोहीले ६० घण्टासम्म रोके सेनालाई
  • खाडी राष्ट्रहरुमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुने