Facebook Twitter Google+ Google+
DHO

खाडी राष्ट्रहरुमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुने

Advertise Here

काठमाडौं, १८ असोज ।

लामो चर्चापरिचर्चा पछि अन्तत्वगत्वा अक्टोबर १४ तारिक देखि खाडी राष्ट्रहरुमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुने भएको छ ।
नेपाली चलचित्रको बजार बिस्तारलाई फराकिलो हुन थालेको छ । युएईकालागि कन्सेप्टभिजन फिल्म प्राडक्शन एण्ड डिष्ट्रिव्युटर्स र युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन हुन लागेको हो ।

नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपमा आफ्नो बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्न सक्नु समग्र कलाकार, प्राबिधिक र चलचित्र संग आबद्धता जनाउनेहरुका लागी खुशी र प्रशन्नताको कुरा भएको खाडी राष्ट्रका लागि नेपाली चलचित्रका वितरक सालिक सुबेदीले बताएका छन ।

देशबाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्थरिय रुपमा निमाण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले बताए ।

अक्टोबर १४ तारिक पहिलोपटक चाम्स इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बनेको वीर बिक्रम नामक फिल्म पहिलो प्रस्तुतिको रुपमा प्रदर्शन हुने भएको छ । नेपाली फिल्म युएई लगायत कतार, बहराईन र ओमनमा एकै साथ प्रदर्शन हुनेछ । चलचित्र वितरक राजन अधिकारीले अक्टोबर १४ तारिक युएईसँगै कतार, बहराइन र ओमनमा एकै साथ प्रदर्शन गर्नु उदेश्य ब्यासाहिक भएतापनि हामीले नेपाली चलचित्रको नयाँ बजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमा जोड्ने प्रयास गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’