Facebook Twitter Google+ Google+
DHO

काश्मिर तनाव : दुई बिद्रोहीले ६० घण्टासम्म रोके सेनालाई

thumbAdvertise Here

२६ असोज ।

भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच सोमबार बिहानदेखि भएको भिडन्त रोकिएको छ । पन्पोराको सात तले भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिचको भिडन्त झण्डै ६० घण्टापछि रोकिएको हो ।

भिडन्तमा दुई जना बिद्रोही मारिएका छन् । मारिका दुई बिद्रोहीले भारतीय सुरक्षाकर्मीलाई ६० घण्टासम्म रोकका हुन् । बिद्रोही लुकेको भवनलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मी भवनमा प्रवेश गरेका छन् । सेनाले दुई बिद्रोहीसँगको भिडन्तमा ५० रकेट, मेसिन गन र तथा एक सय भन्दा धेरै ग्रेनेड बम प्रयोग गरेको थियो ।

एकजना बिद्रोही सोमबार नै मारिएको र एक जना बुधबार मारिएको भारतीय सेनाले जनाएको छ । कारबाही अभियानमा सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोली सहभागी भएको थियो ।

श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्ट इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए । त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’
  • उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
  • भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित