Facebook Twitter Google+ Google+
DHO

मौलिकता हराएको तीज

thumbAdvertise Here

हामीकहाँ मनाइने विभिन्न चाड पर्वहरुमध्ये तीज पनि एक हो । बर्षदिनसम्मका वेदना,पीर र कुण्ठाहरुलाई गीतका माध्यमबाट नेपाली चेलीहरुले खुलस्त रुपमा व्यक्त गर्ने सर्वाधिक महत्व बोकेको पर्व यही तीज नै हो । यस र्अथमा तीजका गीतहरु पर्व गीतका रुपमा स्थापित थिए हामीकहाँ । अभीधामा भन्नै परे पनि त्यो भनाइ यदि गीतिलयमा वा साहित्यिक पारामा छ भने त्यसले बोक्ने अर्थ र दिने सन्देश उच्चस्तरको हुने गर्छ । सायद यो नै तीजको सांंगीतिक पक्ष हो ।

बिडम्बना आजकल तीजले आफ्नो मौलिकता छाडेको छ । तीजमा गाएका गीतहरु तीजे गीत हुन कि रत्यौलीका गीतहरु ? गीतका नतर्कीहरु लुठा हुन कि छौंडा छौडी ? भेउ पाउन सकिदैन ।अनि बिशुद्ध रुपमा महिलाले मात्र गाएर आफ्ना वेदना, दु:ख र सामाजिक विकृति विसंगतिमाथि कटाक्ष गर्ने जीवन्त परम्पराको पनि अन्त्य भएको देखिन्छ । अतीतमा हाम्रा चेलीहरुले पढन नपाउँदाको पीडा तीजे गीतमा यसरी पोख्ने गर्थे: “ देब्रे हात घडि दाहिने हात रेडीयो, उठ सासूू दैलो पोत पढन हिंडयो ।”

नगेन्द्रराज पौडेल

नगेन्द्रराज पौडेल

छोरी कुटेर बुहारी तर्साउने भन्ने उखान हामीकहाँ आजपर्यन्त छ । हाम्रो समाजले छोरीलाई माया गर्ने र बुहारीलाई हेंला गर्ने प्रवृत्ति अध्यापी छ । तत्काल प्रतिकार गर्न नसके पनि हाम्रा चेलीहरुले तीजको मौकामा गीत मार्फत यसरी प्रतिकार गरेको पाइन्थ्यो:“ घीऊ तताउने सासूले दुध तताउने नन्नले, गोबर सोहोर बुहारी मेरा कन्नाले ।”

सामाजिक विकास,विकृति र विसंगतिउपर पनि चेलीहरुले गीतमार्फत प्रहार गर्न तीज नै कुुुुर्थे । विकास निमार्णमा उनीहरुले यसरी व्यङ्ंग्य गर्थे:“पल्लो गाउँको स्कुलमा टीनको छानो सलल, हाम्रा गाउँको स्कुुलमा पानी सलल ।”
तीज सामान्यतया भाद्र शुक्ला पक्षको दिव्तीयाबाट शुरु भई पञ्चमीसम्म रहन्छ र प्रायले पञ्चमीकै भोलिपल्ट छोरीलाई माइतबाट घर फर्काउँछन । हाम्रा चेलीलाई यो मन पर्दैन र भन्छन्: “फकाई फकाई ल्यायौ कोचाइ कोचाई ख्वायौ पञ्चमीका भोलिपल्ट रुँदै धपायौ ।”

अर्थात् जहाँ नपौचे रवि त्यहाँ पौचे नारी भनेझैं स साना देखि ब्यापक विषयमा समेत नेपाली नारीहरुले गीतका माध्यमबाट यर्थाथता पोख्थे,तीजमा उनीहरुको कुण्ठा बोल्थ्यो र यसको अलगै महत्व थियो । तर आजकल यी सब एकादेशका कथा बनेका छन् । के हो तीज, कुन गीत हो तीजको ? कुन गीतमा तीजे नाच भैरहेको छ ?आदि सब छुट्याउननसक्ने भैसकेको छ। हाम्रो मौलिक पहिचान, धर्म ,संस्कृति र परम्पराको संरक्षणमा यस्ता पर्वहरुको महत्व रहन्छ ।

पुस्ता हस्तान्तरणका क्रममा यी चीजहरु आगत पींढिका लागि अचुक सम्पत्ति र वैभव मानिन्छन । तर दिनानुदिन हराउँदै र गुम्दै गएको मौलिकताले यी कुाहरुको अपेक्षा एउटा मृगतृष्णा सिवाय केही रहेन अब । गुमाउँदो मौलिकताले तीजहामीबाट क्रमश: टाढिदै छ दिनानुदिन र यसको संरक्षण आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी