Facebook Twitter Google+ Google+
DHO

प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण दललाई बेलौरीको खुलापत्र

thumbAdvertise Here
 सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ज्यू,
माननीय मन्त्री ज्यूहरु,
विभिन्न विधा र क्षेत्रका विशिष्ट व्यक्तिहरु, भ्रमण सफलहोस् ! फलदाई रहोस् !

सम्माननीय प्रधानमन्त्री एवं माननीय मन्त्रीज्यूहरु, भ्रमणको तयारीको सिलसिलामा गरिने सम्वाद र सम्झौताका विषयहरु, प्रस्तावहरु प्रकाशमा आईरहेका छन्। खासगरी राष्ट्रिय महत्वका आयोजनाहरुमा हुलाकी सडक, पश्चेश्वर बहुद्देशीय परियोजना आदि बढी नै चर्चामा आएका छन् । प्रकाशमा नआएका कतिपय कुटनितिक विषय पनि होलान् । कतिपय आयोजना त्यति चर्चामा नआएका पनि सम्वाद र निर्णयमा पुग्न सक्दछन् ।

12

केशव राज जोशी

पूर्व, पश्चिम र दक्षिण ३ तिर सीमाना जोडिएको नेपाल भारत सम्बन्ध भौगोलिक मात्र नभएर धार्मिक, सामाजिक, साँस्कृतिक, आर्थिक, परम्परागत एवं ऐतिहासिक महत्वको छ । पूर्व पश्चिम ८०० कि.मि. भनिए पनि कञ्चनपुरमा महाकाली (शारदा) नदीको ब्यारेज भन्दा केही तल केही माथिसम्म नदी वारी पनि भारत र त्यसैगरी दोधारा चाँदनी पुरै नगरपालिका नदी पारी भएकाले स्थलगत (दशगजाबाट छुट्याईएको) सीमानाको लम्बाई मोटामोटी ८५० कि.मि. लामो मैदानी सीमा ईलाकामा नाँका भन्सारहरु छन् ।

जहाँबाट भारतसित र तेस्रो मुलुक सँग व्यापार गरिन्छ । कतिपय ठाउँहरुमा पुराना नाँका भन्सारको स्तर घटाइएको छ । जसले गर्दा चली आएको वाणिज्य व्यापार ह्रास भएको छ । यातायात सेवा अत्यन्त असहज बनेको छ । यस्तै असहज अवस्था “बेलौरी” भन्सारको छ ।

१५७ वर्ष पहिले संचालनमा आएको बेलौरी नाँका भन्सार २०१९ सालमा बेलौरीबाट जिल्ला सदरमुकाम विस्थापित हुँदा छोटी भन्सारमा परिणत भएको छ । ४ विघा ७ कट्टा (२९,०३६ व.मि.) दर्ता जग्गा तथा केही पर्ति जग्गामा समेत भोगचलन रहेको भन्सारका दुईतले २ वटा र एकतले १ गरी ३ वटा भवन छन ।

सीमाविन्दुमा एस.एस.बी चेकपोष्ट बसे देखि खासगरी ५ वर्ष यता देखि ४ कि.मि.को सेरोफेरोमा रहेको बेलौरी बजार र खजुरियाका लागि चारपाङ्गे गाडीको अनुमति नभएका कारणले एम्बुलेन्स सेवा समेत अवरुद्ध भएको छ । कष्टम परमिटको लागि गौरीफन्टा गाडी घुमाएर २५+३६+३६= ९७ कि.मि. एकै तर्फको दुरी पार गर्नु पर्दछ ।

पूर्व पश्चिम राजमार्ग सित जोडिएको ३० कि.मि. लामो जिल्लाको एकमात्र उत्तर दक्षिण सहायक राजमार्ग (कलुवापुर–बेलौरी) भन्सार परिसर भएर आधा कि.मि. पर भारततिरको २८ कि.मि. लामो खजुरिया पुरनपुर सव हाईवेसँग मिलेको छ । यहाँ किनमेल गर्ने, व्यापार गर्ने, पर्यटन गर्ने, रोजगारी गर्नेहरुको बिहान देखि राती अवेर सम्म घुइचो लागेको हुन्छ ।

सीमानामा कुनै नदीनाला र जंगल छैनन् । सीमा विन्दु सम्म नै घना आवादी छ । सीमा विन्दुदेखि एक कि.मि.को दुरीमा खजुरिया बजार छ । जहाँबाट लखनौ (२५० कि.मि.), कानपुर (३३० कि.मि.), दिल्ली (४०० कि.मि.), बरेली (११० कि.मि.) का साथै गोरखपुर, मुरादावाद, रुद्रपुर आदि प्रमुख शहरहरुसित सिधा यातायात सेवा सहज र सुलभ छ ।

सीमा विन्दुबाट ३ कि.मि. उत्तर बेलौरी बजार बेलौरी नगरपालिकाको केन्द्र बनेको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर पछिको ठुलो बजार बेलौरीको मध्यभागमा इतिहासको चन्द्रगढी–बेलौरी हुलाकी मार्ग र हालको हुलाकी सडकको मिलान भएको छ । बेलौरीबाट धनगढी शहर २५ कि.मि. पूर्व, महेन्द्रनगर ४५ कि.मि. उत्तर पश्चिम र नवोदित शहरोन्मुख बजार अत्तरीया ४० कि.मि. पूर्व उत्तरमा छन् ।

सम्माननीय प्रधानमन्त्री ज्यू, बेलौरी आउँदा जनतासँगको भेटघाटमा होस् वा कतिपय आमसभामा सम्बोधन गर्दा सम्माननीय पूर्व प्रधानमन्त्री ज्यूहरु, राजनैतिक दलका नेताज्यूहरु, सर्वमान्य नेताज्यू समेतले पटक पटक बेलौरीको प्रशंसा गर्दै, विकासका प्रचुर सम्भावनामा प्रकाश पार्दै सदरमुकाम विस्थापित भएको प्रसंग उजागर गर्दै यहाँको विकास र समृद्धिका लागि गरेका कबुलहरु, आश्वासनहरु, झुटा नहोउन भनि यहाँका जनता अत्यन्त चिन्तित छन् ।

सीमाविन्दुमा एस.एस.बी चेकपोष्ट बसे देखि खासगरी ५ वर्ष यता देखि ४ कि.मि.को सेरोफेरोमा रहेको बेलौरी बजार र खजुरियाका लागि चारपाङ्गे गाडीको अनुमति नभएका कारणले एम्बुलेन्स सेवा समेत अवरुद्ध भएको छ । कष्टम परमिटको लागि गौरीफन्टा गाडी घुमाएर २५+३६+३६= ९७ कि.मि. एकै तर्फको दुरी पार गर्नु पर्दछ ।

शताब्दी बढी समय देखि सहजताको साथ चलीरहेको बेलौरी भन्सारको कारोबार परिवर्तित भन्सार व्यवस्थापनका कारण निस्क्रिय प्रायः हुन आएकोले वारीपारीका लाखौ जनता मार्कामा परेका छन् । दर्जनौ बजारहरुको व्यापार व्यवसाय संकटमा परेको छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू, बेलौरी आउँदा जनतासँगको भेटघाटमा होस् वा कतिपय आमसभामा सम्बोधन गर्दा सम्माननीय पूर्व प्रधानमन्त्री ज्यूहरु, राजनैतिक दलका नेताज्यूहरु, सर्वमान्य नेताज्यू समेतले पटक पटक बेलौरीको प्रशंसा गर्दै, विकासका प्रचुर सम्भावनामा प्रकाश पार्दै सदरमुकाम विस्थापित भएको प्रसंग उजागर गर्दै यहाँको विकास र समृद्धिका लागि गरेका कबुलहरु, आश्वासनहरु, झुटा नहोउन भनि यहाँका जनता अत्यन्त चिन्तित छन् ।

७ नं. प्रदेश (साविका सुदूर पश्चिम) को दक्षिण तर्फको बेलौरी मूल प्रवेशद्वार बन्न यहाँको भौगोलिक, ऐतिहासिक, औद्योगिक, धार्मिक, सामाजिक, पर्यटकीय, आधारहरुको सार्थक उपयोगका लागि बेलौरी भन्सार नाँका भन्सारमा परिणत गर्न आवश्यक छ ।

निस्कृय एवं अघोषित नाँका भन्सारलाई बैधानिकता दिन दुवैतर्फका जनता र जनप्रतिनिधिले प्रयास गर्दै आएका छन् । बेलौरी–खजुरिया नाँका भन्सार स्वीकृतीका लागी नेपाल सरकार परराष्ट्र मन्त्रालयले २०७१ साउन (अगस्त २०१४) मा भारत सरकारलाई अनुरोध गरेको र त्यसै गरी भारत खजुरिया क्षेत्रका जनता र जनप्रतिनिधिबाट औपचारिक प्रयास भइरहेका समाचारहरु अनौपचारिक रुपमा थाहा भएको छ ।

प्रस्तावित एजेण्डाहरु पारित होउन ! २८°३९” उत्तरी अक्षांश (NL) र ८०°२०” पुर्वी देशान्तर (EL) स्थित बेलौरी भन्सारले नाँका भन्सारको बैधानिकता प्राप्त गरोस् । यही आग्रह, अभिलासा र विश्वासका साथ भम्रणको पूर्व सन्ध्यामा हार्दिक शुभकामना !

(केशव राज जोशी श्री महाकाली उच्च मावि, बेलौरी–०८, विद्यानगर कञ्चनपुरका पूर्वप्राचार्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी