Facebook Twitter Google+ Google+
DHO

स्वराडमा पर्यटनको सम्भावना

मेलौली_भगवतीAdvertise Here

महेश कलौनी,
बैतडी, ०७ भाद्र ।

सुदूर पश्चिचम त्यसमा पनि पहाडी जिल्ला बैतडी र बैतडी को तल्लो स्वराड क्षेत्रमा थुप्रै धार्मिक एवम् पर्यटकीय स्थलहरु रहेका छन जुन धार्मिक एवम् पर्यटकीय स्थलहरु यो क्षेत्र को पहिचान बन्न सक्छन् ।

शिवनाथ मा अवस्थित शिव मन्दिर, मेलौली स्थित माता भगवती मन्दिर, आमचौरा सैलोडा स्थित कैलपाल मन्दिर जुन ऐतिहासिक धार्मिक स्थलहरु हुन र यहाँ वर्ष मा एक चोटी मेला पनि लाग्ने गर्दछ। यी ऐतिहासिक धार्मिक स्थलहरु मा लाग्ने मेला हेर्न, व्यापार गर्न एवम् भगवान को दर्शन गर्न छिमेकी जिल्ला डडेलधुरा, महेन्द्रनगर एवम् छिमेकी देश भारत को कुमाउ गढवाल बाट मानिस आउने गर्दछन ।

त्यस्तै गिरेगढा मा गणमेश्वर, तोली त्रिशुल लगायत का उच्च पर्यटकिय सम्भावना बोकेका धार्मिक स्थलहरु रहेका छन। यि ऐतिहासिक धार्मिक स्थल हरुमा शुद्द मनले भगवान को दर्शन गरे मनोकामना पुर्ण हुने जनविश्वास रहिआएको छ । गिरेगडा को तोली त्रिशुल धुरा र मेलौली माता भगवती को दर्शन गर्न भुत-पुर्व राजा विरेन्द्र स-परिवार सहित यहां आएको समाजसेबी भरत साउद बताउनु हुन्छ ।

यो क्षेत्रमा धार्मिक मात्र नभई थुप्रै उच्च पर्यटकिय सम्भावना बोकेका पर्यटकीय स्थलहरु पनि रहेका छन । जिल्ला सदरमुकाम बैतडी बाट झन्डै पचास कोस को दुरी मा रहेको शर्माली गढी (अमरगढी किल्ला),  ग्वालेक, ओल्या, पञ्चेश्वर  वन लगायत आदी पर्यटकीय स्थलहरु रहेका छन । जहाँ थुप्रै किसिमका जडिबुटीहरु मिल्न सक्ने जानकार हरु बताउछन ।

शर्माली स्थित अमर गढी किल्ला एक ऐतिहाँसिक पर्यटकीय स्थल हो जहां नेपाल अङग्रेज लडाई को समयमा अमर सिह थापा ले किल्ला बनाई बसेका थिए भन्ने कुरा जानकार हरु बताउछन । र अहिले यो किल्ला निकै नै हेर्न लायक बनाइएको छ।

यस्तै यहाँ का विभिन्न वन जङगलहरु मा धेरै किसिम का जडीबुटी हरु पनी पाईन्छन । साथ साथै यहाँ यी बाहेक अन्य धेरै मनोरम दृश्यहरु रहेका छन जसले पर्यटक हरु लाई लोभ्याउन सक्छन।

यी विभिन्न धार्मिक एवम पर्यटकीय स्थलहरु सरक्षण सम्बर्धन र प्रचार-प्रसार को अभावमा अहिले ओझेल मा परेका छन। यदि पञ्चेश्वर परियोजना बनि यो क्षेत्रमा यातायात को सहज सुविधा पुग्ने हो भने यो क्षेत्रले धेरै पर्यटकहरु भित्र्याई पर्यटन केन्द्रका रुपमा चिनिने जानकार हरुको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • कैलालीको मोहनी : निर्मोही व्यासको नियात्रा
  • नियात्रा : टीकाजस्तै टीकापुर
  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान
  • ओझेलमा स्वराडको पर्यटन
  • कुहिरोको सहर चन्द्रागिरिबाट… (फाेटाे फिचर)
  • स्वराडमा पर्यटनको सम्भावना
  • असीम-केदारधामको यात्रा : एक अदभुत अनुभव
  • ऐतिहासिक स्थल धौलकाँडाकोट