Facebook Twitter Google+ Google+
DHO

टेलिकमको नयाँ अफर ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’

Advertise Here

१५ भदौ, काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी-सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । जिएसएम प्रिपेड प्रयोगकर्ताका लागि बुबाको मुख हेर्ने दिनको अवसरमा टेलिकमले यो सुविधा सुचारु गर्न लागेको हो ।

१०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिन SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाएमा यो सेवा सुचारु हुनेछ ।

यो सुविधाको उपयोग भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ । यसको एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमवीको ७ दिने अवधिको ९० रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई