Facebook Twitter Google+
DHO

टुँडिखेलमा गौरा पर्वको भव्य रौनक (फोटो फिचरसहित)

gora-001

काठमाडौं, ९ भदौ । सुदुरपश्चिम क्षेत्रको महान् धार्मिक एवं सांस्कृतिक पर्व गौरा आज टुँडिखेलमा एक भव्य कार्यक्रम आयोजना गरी मनाइयो । सुदूरपश्चिमवासीले गौरालाई दशैँभन्दा पनि बढी महत्त्व दिएर मनाउने चलन रहेको छ । सूदुरपश्चिम क्षेत्रबाट राजधानीमा आई बसोबास गरिरहेका जनसमुदाय भेला भई टुँडिखेलमा गौरा मनाइएको हो ।

Gora1विशेष धार्मिक/सांस्कृतिक महत्त्व बोकेको गौरा प्राचीन डोटी राज्य (हाल सुदूरपश्चिमका नौ वटै जिल्ला), मध्यपश्चिमका  केही क्षेत्र र भारतको कुमाउँ/गडवाल क्षेत्रमा परापूर्व कालदेखि नै मनाइँदै आएको एक सांस्कृतिक धरोहर हो । भाद्र शुक्ल पंचमीदेखि सुरु हुने गौराको विशेष दिनचाहिँ अष्टमीलाई मानिन्छ । यो पर्व सुरु भएको एक हप्तासम्मै विभिन्न खेल, नाचगान र रमाइलो गरी मनाइन्छ । यस पर्वको अवसरमा आज राजधानीको टुँडिखेलमा आयोजित समारोहको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घण्ट बजाएर उद्घाटन गरे । समारोहमा एमालेका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतको उपस्थिति थियो । उद्घाटनपछि नेता शेरबहादुर, भीम रावललगायतले केहीबेर देउडा खेलेका थिए भने उपस्थित सर्वसाधारणको ठूलो भीडले राति अबेरसम्म देउडा, नाचगान र रमइलो गरेर मनाए ।

gora3

कार्यक्रमका प्रमुख अतिथि देउवाले गौराको अवसरमा आयोजित यस कार्यक्रमले सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानलाई राष्ट्रभरि नै फिंजाएर अगाडि बढ्नमा मद्दत गर्ने बताए । ‘नेपाल संघीयतामा जान लागेकोले सुदूरपश्चिमको एउटै प्रदेश बन्छ,’ उनले भने, ‘त्यसको भाषा, संस्कृति र पहिचान एउटै हुन्छ ।’ यसरी नै आफ्नो भाषा, परम्परा र संस्कृति अगाडि बढाउने र जगेर्ना गर्ने कार्य राज्य र जनसमुदाय दुवैको रहेको उनको भनाइ थियो ।

gora2
कार्यक्रम प्रशंसा संरक्षण समूहद्वारा आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष अम्बादत्त भट्टले गरेका थिए भने कार्यक्रम सञ्चालन यज्ञराज उपाध्यायले गरेका थिए ।

तस्वीर : राजेन्द्र तारकिणी, शब्द : दीपसागर प्यासी 

गौराबारेको यो सामग्री पनि पढ्नुहोस्…

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उम्मेदवारी दर्ता
  • बौद्ध दर्शनका प्रमुख मान्यता
  • प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण दललाई बेलौरीको खुलापत्र
  • प्रधानमन्त्रीले आज जनताका नाममा सम्बोधन गर्ने
  • मौलिकता हराएको तीज
  • टुँडिखेलमा गौरा पर्वको भव्य रौनक (फोटो फिचरसहित)
  • सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा सुरु
  • सुरु भयो ‘गौरा’को चहलपहल