Facebook Twitter Google+
DHO

चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया

thumb

चिया नेपाली जनजिवनमा निकै सर्वसुलभ पेय चीज हो । हामी कहाँ बसिबियाँलो देखि लिएर अतिथि सत्कार सम्मका लागि चियाको खपत निकै हुन्छ ।

हामी चिया भन्ने बित्तिकै दुध, चिनी, पानी र चियापत्तीको घोल मिलाएर पकाएको चिज हो भन्ने बुझ्छौ । यो तरल चिजमा चम्चा डुबाउँदा ठाडै अडिने भन्ने हुँदैन र ठाडो गरी हालेको चम्चा कपको बिटतर्फ ढल्किनु स्वभाविकै हो ।

तर अचम्म भारतको लखनउमा भने यस्तो चिया पाइन्छ जहाँ चियाको कपमा चम्चा डुबाउँदा चम्चा ठाडै उभिन्छ, ढल्दैन ।

लखनउमा यसलाइ खडे चम्मचवाली चाय भनिन्छ । लखनउमा यो चिया निकै चर्चित छ । नाम जस्तै यो काममा पनि उस्तै छ र चियाको कपमा चम्चा डुबाउँदा चम्चा ढल्दैन ठाडै हुन्छ । लखनउको त्यो चिया हैदरावादको इरानी चियाको एक प्रकार हो ।

आखिर चियाको गिलास वा कपमा चम्चा डुबाउँदा कसरी केहीपनि चिजको सहारा बिना चम्चा ठाडै हुन्छ त ? यसबारेमा चिया व्यापारीहरु केहीपनि बताउन चाहँदैनन् ।

तर चियाको गिलास वा कपमा पछि हालिने र नघोलिने चिनीका कारण यसरी चम्चा ठाडो भएको हुनसक्ने अनुमान चिया पिउनेरुले गर्ने गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो
  • बिहेमा दाइजो एक रूपैयाँ !