DHO

कान र जिब्रा काटिएका ‘सुगा-म्यान’

thumb

अहो ! मान्छेका सोख पनि कति विचित्र ! ज्यानलाई नै खतरामा राखेर जस्तोसुकै पीडा सहन तथा कुरुप बन्न बन्न समेत तयार हुन्छन् मान्छे ! हालै एकजना पुरुषले आफुले घरमा पालेको सुगाजस्तै बन्ने सोखका राखेर आफ्ना दुइवटै कान काटेर बुच्चो बनाएका छन् । र, आफ्नो नाकको सर्जरी गरेर सुगाको ठोँड जस्तै बनाउने प्रयत्नमा उनी छन् । उनले नाम नखुलाइएको अस्पतालमा ६ घण्टाको अपरेशनमार्फत् आफ्ना दुवै कान कटाएका थिए ।
मुहारभरि सुगाको जस्तै रङ्ग (ट्याटु) बनाएर मुन्द्रा समेत लगाएका यी अनौठा सौखिन मानिस बेलायतको ब्रिस्टोलका बासिन्दा हुन् । टेड रिचार्डसन नामका ती मानिसको उमेर ५६ वर्ष हो । उनले जिउभरि ११० वटा ट्याटु खोपिसकेका छन् भने जिउमा थप ५० वटा प्वाल पारेर सियो रोपेका छन् । साथै जिब्रो समेत चिरेर दुई फक्ल्याँटा बनाएका छन् । अब उनी यस्तो सर्जनको खोजीमा छन्, जसले उनको नाकलाई चराको ठोँड जस्तै बनाउन सकोस् ।
सन् १९७६ मा पहिलोपटक जिउमा ट्याटु खोपाएका उनको जिउमा सद्धे ठाउँ कतै पनि छैन । उनले बायाँ पाखुरामा साढे ७ सय डिग्री सेल्सियस तातो फलामले डामेर डरलाग्दो ट्याटु बनाएका छन् । हातमा चाहिँ दुई वटा चुम्बक प्रत्यारोपण गरेका छन् । आफूले पालेका दुई ‘इली’ र ‘टीका’ नामका सुगाप्रति समर्पित भावले उनले आफ्नो अनुहारलाई ‘सुगारूप’ दिन लागेको बताएका छन् । उनकी ३१ वर्षीया प्रेमिका सुजाना पनि लगभग उनकै आनीबानी र स्वरूपकी छिन् । उनले पनि जिउमा टाटु तथा सियो खोप्नुका साथै जिब्रो चिरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो
  • बिहेमा दाइजो एक रूपैयाँ !
  • डाक्टरले मुक्का हान्दा विरामी खुत्रुक्कै !